© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २२
अनिल अधिकारी/राजधानी
कास्की, २२ माघअवरोध गर्दा झडप हुन पुगेको दाबी स्ववियु सभापति रश्मी आचार्यले गरे भने माओवादीनिकट क्रान्तिकारी कार्यकर्ताले भने अखिल कार्यकर्ताले प्राध्यापकको कार्यक्रम बिथोल्ने प्रयास गर्दा भिडन्त सुरु भएको बताएका छन् ।
'हाम्रो -अनेरास्ववियु) क्षेत्रीय कार्यक्रमका सहभागीलाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेका हौं,' आचार्यले राजधानीसँग भने ।
झडपमा माओवादी सभासद् राजकाजी तमु 'करण' घाइते भएका हुन् । पीएन क्याम्पस स्ववियु सभापति आचार्य पनि घाइते भएका छन् ।
त्यस्तै, माओवादीका कास्की सचिव हरि अधिकारी 'कुमार', बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष झलकपाणि तिवारी, सहसेक्रेटरी राजजी बराल 'जीवन', क्रान्तिकारीका रामजी लम्साल र विजय कार्की पनि कुटिए । अखिल कार्यकर्ताले तिवारीको र्सट-पाइन्ट नै च्यातिदिएका थिए ।
एमाले अखिलतर्फअर्जुन सुनाम, सन्तोष अधिकारी, सुशील बस्नेतलगायत घाइते भए । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
विद्यार्थी झडपलाई नियन्त्रणमा लिन दिनभर क्याम्पस परिसरमा प्रहरी परिचालन
गरिएको थियो ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनको कार्यक्रममा सहभागी हुन पुगेका तिवारी कुटिएपछि स्थिति झनै तनावपर्ूण्ा बनेको थियो ।
बिहान ११ बजेको कार्यक्रमका लागि साढे ९ बजे नै कार्यक्रमस्थल पुगेका तिवारीलाई स्ववियु सभापति आचार्य, कोषाध्यक्ष मनकुमार श्रेष्ठ, एकाइ समितिका अध्यक्ष सन्तोष अधिकारीलगायतले लछारपछार गर्दै क्याम्पसबाट बाहिर निकालेका थिए । सडकमा समेत कुटपिट नरोकिएपछि प्रहरीको सहयोगमा तिवारीलाई बचाइयो ।
दुवै समूहका कार्यकर्ता करिब ४० जनाको समूह बनाएर एकअर्कामाथि जाइलागेका थिए । झडपपछि पनि अनेरास्ववियु कार्यकर्ताले नेपाल राष्ट्रिय प्राध्यापक संगठनको ब्यानर च्यातिदिएका छन् भने क्रान्तिकारी कार्यकर्ताले स्ववियुले निर्माण गरेको स्वागतद्वार भत्काइदिएका छन् ।
अनेरास्ववियुले समयमै संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो ।
लामो झडपपछि दुवै विद्यार्थी संगठनका नेता तथा कार्यकर्ता
आ-आफ्नो कार्यक्रम स्थलतर्फलागेपछि मात्र स्थिति सामान्य बनेको थियो । गत ४ पुस राति पनि क्रान्तिकारी र एमाले अनेरास्ववियु कार्यकर्ताबीच झडप भएको थियो ।
सोही दिनदेखि दुवै अखिलका कार्यकर्ता एकअर्कामाथि जाइलाग्ने ताकमा थिए । त्यसबेला प्रहरीले पक्राउ गर्न खोजिरहेका चार माओवादी विद्यार्थी अहिलेसम्म फरार छन् ।
क्रान्तिकारीले आफ्ना कार्यकर्तामाथि लगाइएको वारेन्ट फिर्ता हुनुपर्ने माग राख्दै पाँच दिन परीक्षासमेत स्थगित गराएको थियो । डेढ महिनाअघि क्रान्तिकारीको आक्रमणबाट घाइते स्ववियु उपाध्यक्ष नरेश रोकाय र सदस्य मनिष हमालको स्वास्थ्यस्थिति सामान्य बन्दै गएको छ ।
यसैबीच, दुवै विद्यार्थी संगठनले शुक्रबार विज्ञप्ति जारी गर्दै एकअर्कालाई घटनाको दोषी बताउँदै आफ्नो संगठनको संलग्नता नरहेको दाबी गरेका छन् ।
Comments0
Leave Comments