२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

दुःखका अनुभव नै अफगानीको उपहार

मनोज घिमिरे/राजधानी
ढाका, २२ माघ
कुनै पनि बेला बन्दुक र तोप पड्केको आवाज । दैनिक कुनै परिवारले आफ्ना सदस्यमात्र होइन, कहिलेकाहिँ त पूरै परिवार नै गुमाएका समाचार । घरबाट निस्कँदा नै सन्त्रासको वातावरण, कुन बेला कताबाट आएको गोलीले ज्यान लिने खतरा । यो शब्दचित्र हो, अफगानिस्तानको ।
हो, बाहिरी दुनियाँको आँखामा अहिले पनि युद्धग्रस्त अफगानिस्तानको चित्र यही नै हो । तर, बंगलादेशको ढाकामा जारी दक्षिण एसियाली खेलकुद -साग) मा सहभागी अफगानी खेलाडीको उत्साह भने ठीक विपरीत छ । 'भो अब हामीसँग युद्धका कुरा नगर्नूस्,' सागमा अफगानी टोलीको नेतृत्व गरिरहेका मोहम्मद अजामको भनाइले एकछिन त पंक्तिकारलाई पनि आर्श्चर्यमा पार्‍यो, किनभने उनलाई सोधिएको पहिलो प्रश्न नै थियो, 'युद्धले जर्जर भएको र अहिले पनि सन्त्रासमा बाँच्नुपर्ने अफगानीले खेलक्षेत्रमा यतिका प्रगति कसरी गर्‍यो -'
'युद्धको कुराले हामी थाकिसक्यौं,' अजामको आत्मविश्वासले भरिएको उत्तर थियो, 'हामी अब सिर्जना र प्रगतिका कुरामात्र गर्न, सुन्न र सुनाउन चाहन्छौं ।' ६१ वर्षा अजामको आँखालेे युद्धको चपेटामा परेेर क्षतविक्षत भएको अफगानिस्तान पनि देखे । उनकै आँखाले विकास र प्रगति पनि देख्दै छन् ।
उनकै भनाइमा अफगानिस्तानमा युद्धैयुद्धमात्र छैन, अहिले । प्रगति पनि छ । 'तर, त्यसलाई हर्ेर्ने दुनियाँको आँखा सायद तयार भइसकेको छैन होला,' असन्तोष भावमा उनले राजधानीसँग भने । हुन पनि पुनः उत्थान युगकै प्रभाव मान्नर्ुपर्छ, अफगानिस्तान खेल क्षेत्रमा दक्षिण एसियामा नयाँ शक्तिका रूपमा उदाएको छ ।
कोलम्बोमा सम्पन्न १०औं सागमा सामान्य सहभागिता जनाएको अफगानिस्तानले ढाकासम्म आइपुग्दा बास्केटबलमा ठूलै प्रगति गरिसकेको छ । तेक्वान्दो खेलमा उसको दबदबा देख्दा अफगानिस्तानमा पनि युद्ध छ
र - भन्न बाध्य बनाउँछ । अफगानिस्तानले यसअघि बैंककमा भएको एसियाली मार्सल आर्टमा तेक्वान्दोमै तीन स्वर्ण्र्ााक प्राप्त गरेको थियो । यसपटकको सागमा पनि अफगानिस्तान उत्कृष्ट मानिएको छ ।
'हामी युद्धबाट निर्माण र प्रगतिको नयाँ युुगमा प्रवेश गर्दै छौं भन्ने समाचार खेलकुदबाटै स्थापित गर्न चाहन्छौं,' अजामले सगौरव भने, 'तेक्वान्दो र बास्केटबलमात्र होइन अन्य खेलमा पनि हामी अब्बल छौं भन्ने देखाउन चाहन्छौं ।'
'तपाईंले समाचार सुनेकै भरमा हाम्रो देशबारे गलत सोचाइ बनाउनु भएको होला,' अफगानिस्तानको सबैभन्दा बढी युद्धले थिलथिलो भएको भनिएको कान्दहारका मरुवात धिमारले अजामभन्दा अघि बढ्दै भने, 'तर, अफगानिस्तान तपाईंले सोचेभन्दा धेरै राम्रो छ, अहिले ।' धिमारले भारोत्तलनमा ८५ केजी तौल समूह स्पर्धामा चौथो स्थान पाएका हुन् । 'अब कुस्ती, भारोत्तलन, जुडो र फुटबलमा हामी विस्तारै स्थापित हँुदै छौं,' उनको आत्मविश्वास थियो ।
यद्यपि, युद्धको भयानकता र पीडादायी क्षणलाई अरू अफगानीजस्तै  उनले बिर्सन सकेका छैनन् । 'युद्ध सधैं पीडादायी नै हुन्छ,' विगत बिर्सन मन लाग्छ भन्ने उनले थपे, 'तर, हाम्रा लागि त्यही दुःखको अनुभव पनि उपहारजस्तै भएको छ । यसै कारण होला हामी आफैलाई बहादुर ठान्छौं । हामी जुनसुकै असहज स्थितिलाई पनि सहज ढंगले स्वीकार गछौर्ं ।'
भारोत्तलनको ७७ किलो तौल समूहका कांस्यपदक विजेता मुस्ताफा कमाल त युद्धको पीडा बिर्सर्ेेबहादुरीका कथा बुन्न थालेको सुनाउँछन् । 'अस्थिरताले अफगानिस्तान बल्यो,' उनले भने, 'थुप्रै साथीभाइ र अफान्त पनि गुमायौं तर अहिले त्यसलाई सम्झनुभन्दा विकास, प्रविधि साथसाथै मेलमिलापको युग सुरु भएको छ, हाम्रो देशमा ।'
कमालका दाइ अमेरिकी राष्ट्रपति कार्यालय -ह्वाइट हाउस) मा सरकारी अधिकृत -कम्प्युटर इन्जिनियर) छन् । तर, उनी अफगानिस्तानमै रहन चाहन्छन् ।
युद्धले ध्वस्त भएको अफगानिस्तान अहिले प्रगतिपथमा लम्किइरहेका बेला म त्यसको एउटा अंश किन नहुने -' यस्तो प्रश्न आफैसँग पनि गर्ने गरेको सुनाउँदै उनले भने, 'त्यसैले म देश छाडेर जान्न, हर्ेर्दै जानोस्, अबका अफगानी पुस्ता आफ्नो देशलाई समृद्ध बनाउन सक्षम छन्, त्यसको उदाहरण एउटा त मै हुँ ।'

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी