२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

चंखेको चलाखी

तस्वीर: रजेन्द्र केसी

मधेसको चारकोशे जंगलमा आफ्नी श्रीमती र छोरासहित चंखे नामको स्याल बस्थ्यो । अरू स्यालभन्दा चंखे निकै अल्छी र चतुर थियो । अरूले मारेको सिकार खान भने चंखे जहिले पनि अघि बढ्ने गथ्र्यो । सिकार गर्ने बेलामा जहिले पनि पेट दुखेको वहाना बनाएर कतै लुक्ने गथ्र्यो । जब, बाँकी स्यालले निकै लडार्इं गरेर अरू जंगली जनावर मार्थे । त्यति बेला सिकार खान भने चंखे हत्तन पत्त आइपुग्थ्यो ।
चंखेको यस्तो बानीले अरू स्याल साह्रै दिक्क भए । बाँकी स्यालहरूको एक दिन बैठक बस्यो । अब आफुहरूले मारेको सिकार चंखेलाई खान नदिने निर्ण्र्ााती स्यालहरूले गरे ।
यसरी, आफुलाई सिकार नदिने निर्ण्र्ाास्यालको समाजले गरेपछि चंखे चिन्तित भयो । अब भने सिकार गर्न आफू पनि अरू  साथीसँगै अगाडि बढ्ने र जंगली जनावरलाई मार्ने बाचा ंचखेले गर्‍यो । तर, अरू स्यालले मानेनन् । यसअघि पनि थुप्रै पटक चंखेले यस्तै वाचा गरेको थियो । तर, जब बँदेल, घोलर, बाह्रसिंगे, चितुवा, भालु जस्ता विभिन्न डरलाग्दा जनावरलाई आफ्नो ज्यानको बाजी राखेर बाँकी स्यालले आक्रमण गर्थे । त्यतिबेला ती जनावरले आफूलाई मर्ने डरले चंखे कहिल्यै पनि अघि बढेर सिकार गरेन । त्यसैले यसपटक उसले निकै बिलौना गरे पनि चंखेलाई सिकार गर्न नदिने अडान अरू स्यालहरूले कसे । त्यसपछि त चंखे एक्लै भयो ।
अब कसरी एक्लै सिकार गरेर खाने भन्ने चिन्ता लिँदै चंखे बाटो हिंडिरहेको थियो । उसले अगाडि बाटोमा मानिसहरूले खाल्टो खनेको देख्यो । त्यो खाल्टो निकै गहिरो बनाएर  मानिसहरूले खाल्टोभरि बाँस र काठका तीखा-तीखा घोचा गाडे । त्यो खाल्टोको माथि मसिना काठका टुक्रा राखेर टाँड बनाए । त्यसमाथि सुकेका पात थुपारेर बाटोजस्तै बनाइदिए  अनि मानिसहरू लुके । अगाडि खोलो थियो । खोलामा पानी खान त्यही बाटो भएर जंगली जनावर आउँथे । एकछिनमै त्यो बाटो भएर एउटा हरिण पानी खान खोलातिर झर्‍यो । बाटोको त्यो खाल्टोमा हरिण पर्‍यो । तल राखिएका बाँस र काठका तीखा घोचामा उनिएर हरिण त्यहीं मर्‍यो । मानिसले खाल्टोबाट त्यो हरिणलाई निकालेर झयाइँकुटी पार्दै घरतिर लगे । त्यसपछि त्यो खाल्टोमा सिकार गर्न मानिसहरू केही दिनसम्म आएनन् ।  
यसरी धराप थापेर पनि सिकार गर्न सकिँदो रहेछ भन्ने जुक्ति चंखेले जान्यो । अब त्यहाँ सिकार गर्न मानिस नआउने टुँगोमा पुगेपछि उसले फेरि त्यहीं धरापमा माथिबाट काठका मसिना टुक्रा राख्यो । त्यसमाथि सुकेका पातले छोपिदियो । अब त्यो बाटो सुकेको पातले छोपिएको थियो । यसरी धराप थापेपछि  नजिकैको घारीमा गएर चंखे लुक्यो ।
एकछिनपछि त्यो बाटो हुँदै निकै ठूलो बँदेल पानी खान खोलातिर आयो । चंखेले परबाट लुकेर हेरी रहेको थियो । एकछिन मै त्यो बँदेल खाल्टोमा पर्‍यो । खाल्टोको बाँस र काठको तीखोमा बँदेल उन्नियो अनि बँदेल त्यहीं मर्‍यो ।
खाल्टोमा बँदेल परेको देखेर चंखे निकै खुसी हुँदै आयो । खाल्टो निकै गहिरो भएकाले त्यहाँ  पस्न सक्ने अवस्था थिएन । त्यसैले श्रीमती र छोरालाई पनि उसले बोलायो । चंखेका परिवार भएर त्यो खाल्टो नजिकै अर्को प्वाल खने । त्यो प्वालभित्रभित्रै उनीहरू बँदेल भएको ठाउँमा पुगे। त्यही प्वालबाट बाँदेललाई तानेर बाहिर निकाले  अनि घर लगे ।
यसरी सिकार गरेको एउटा जनावरले चंखेको परिवारलाई एकसातासम्म खान पुग्यो । त्यसपछि फेरि आफ्ना परिवारसहित आएर त्यही खाल्टोमा चंखेलेेले त्यसैगरी पासो थाप्न थाल्यो । उसले हरेक साता यसरी सिकार गर्न थाल्यो । बाँकी दिन भने त्यही सिकार खाँदै छोरा र श्रीमतीसँग सुतेर बिताउन थाल्यो ।
चंखेले सिकार गरेको सुनेर अरू स्याल छक्क परे । चंखेजस्तो डर छेरुवा स्यालले सिकार गरेको कुरा अरूले पत्याएनन् । तर, चंखेको ओडारमा पुगे पछि उनीहरूले जंगली जनावरको ताजा मासु देखे । बाँकी स्यालले पनि 'सिकार गर्ने नयाँ तरिका हामीलाई पनि सिकाइदेऊन ' भन्दै  चंखेसँग आग्रह गरे ।
यसरी गरेको सिकारको आधा, ओढारसम्म ल्याएर मलाई दिने भए मात्र सिकाउँछु ।' चंखेले भन्यो । डरलाग्दा ंजंगली जनावरसँग कुस्ता कुस्ती नगरी सिकार गर्न सकिन्छक् भने त्यसको आधा चंखेलाई घरैसम्म ल्याइदिने कुरामा बाँकी स्याल सहमत भए ।
त्यसपछि सबै स्याललाई चंखेले खोला नजिकैको त्यो बाटोको गहिरो खाल्टो छेउमा पुर्‍याए र त्यहाँ धराप थाप्यो । उसको इसारामा सबै स्याल जंगलको घारीमा लुके । केही क्षणमै एउटा चित्तल नजिकैको खोलामा पानी खान त्यो बाटो हुँदै आयो ।  चित्तल त्यो धरापमा पर्‍यो । बाँकी स्याल पनि खुसी भए । छेउको प्वालबाट तल गएर उनीहरूले चित्तललाई बाहिर निकाले । त्यहाँ मासु र रगतको गन्ध नफैलियोस् भनेर चित्तललाई टाढा लगेर आपसमा बाँढेर खाए ।
त्यो बाटो भएर खोलामा पानी खान आउने बाघ,भालु, घोरल, चित्तल, मृगा, हरिण, व्वाँसोजस्ता विभिन्न जनावरहरू दिन- दिनै त्यो खाल्टोमा पर्न थाले । यसरी मारिएको सिकारको आधा भने चंखेको घरमा नियमितरूपमा ती स्यालहरूले पुर्‍याउने गरे । चंखेले श्रीमती र छोरासँग दिन- दिनै घरमै बसेर मीठो-े मीठो सिकार खान पायो । त्यस पछि चंखेका दिन सुख्खसँग बित्दै गए । 

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी