© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २२
ढाका/रास- बंगलादशको राजधानी ढाकामा भइरहेको ११औं दक्षिण एसियाली खेलकुद -साग) को सुटीङ १० मिटर एयर पिस्तोल टिम स्पर्धामा नेपाली टोली पाचौ स्थानमा रह्यो । नेपालका बदरुद्धीनले ५ सय ४९, सुदन खड्काले ५ सय ४१ र अनील ठकुरीले ५ सय २० स्कोर गरे ।
सो स्पर्धामा भारतले नेपालले भन्दा एक सय आठ बढी १७ सय १६ स्कोर गर्दै पहिलो स्थान हात पार्यो । भारतका ओम प्रकासले ५ सय ७८, अमित कुमारले ५ सय ७७ र सिकन्दर मानले ५ सय ६१ स्कोर गरे । उपविजेता पाकिस्तानका कालीमुद्धिन खानले ५ सय ६४, मोहम्मद गुल फराजले ५ सय ६४ र मोहम्मद साहज अख्तरले ५सय ५६ स्कोर गरे ।
सो स्पर्धामा श्रीलंकाले काश्य पदक जित्यो । श्रीलंकाका सानयकेले ५ सय ६२, फर्नान्डोले ५ सय ६० र गुणादासाले ५ सय ५६ स्कोर गरे । एकल स्पर्धामा नेपाल अन्तिम चरणमा छनोट हुन असफल भयो ।
गल्फमा नेपालको खस्कँदो पर््रदर्शन
गल्फमा नेपाली खेलाडीको पर््रदर्शन दिनानुदिन खस्किंदो छ । पहिलो दिन
आठौं स्थानमा रहेका दिपक आचार्यले शुक्रबार तेस्रो दिन झनै खराब खेल्दै ९ ओभर पार ८१ को कोर बनाएपछि १५ औं स्थ्ाानमा
झरेका छन् ।
रुपेशले समग्रमा २ सय ३१ को स्कोर कार्ड बनाए । त्यसैगरी तेस्रो दिन ६ ओभर पार ७८ को स्कोर कार्ड बनाएका विष्णुप्रसाद शर्माले समग्रमा २ सय ५५ को स्कोर जोडेका छन् । टासी घलेले ११ ओभर पार ८३ को स्कोर बनाए भने टासी
छिरिंगले ९ ओभर पार ८१ को स्कोर बनाए । शुक्रबारको पर््रदर्शन संगै नेपाली खेलाडीहरू शर्ीष्ा १० मा रहने सम्भावना समेत कम भएको छ । टासी घले ,विष्णु प्रसाद शर्मा र टासी छिरिंगले शुक्रबार पनि खराब पर््रदर्शन गरे ।
ह्याण्डबलमा नेपाल पदकबिहिन
ह्याण्डबलमा पनि काश्यका लागी आयोजक बँगालादेशसँग भिडेको नेपाल पराजीत भएको छ ।
पराजय पछि बंगलादेशले काश्य पदक हात पार्यो भने नेपाल चौथो स्थानमा सिमित भयो । पहिलो चरणमा बंगलादेशसंग पराजित नेपाली टोलीले २० बर्षो अन्तरालमा पहिलो जितको रुपमा अफगानीस्तानलाई पराजित गर्दैर् सेमिफाइनलमा प्रबेश गरेको थियो । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल बँगालादेशसँग ४२-११को फराकिलो अंकको अन्तरले पराजीत भएको हो । पर्ूवाद्धमा २३ का बिरुद्ध ५ गोलले पछि परेको नेपालले उतर्रार्द्धमा ६ गोल मात्र गरेको थियो । उतर्रार्द्धमा बँगलादेशले १९ गोल गरेको थियो । कप्तान सन्देस रेग्मीले उत्कृष्ट पर््रदर्शन नगरेको भए नेपाल अझै फराकिलो अन्तरले पराजित पनि हुन सक्थ्यो । 'लामो समय पछि ब्युतीएको ह्यान्डबलमा नेपालले गरेको पर््रदर्शनलाई स्वभाबिक मान्नु पर्छ,'कप्तान रेग्मीले राजधानीसंगको कुराकानीमा भने ।
पौडीमा कमजोर पर््रदर्शन
सागमा नेपालले पौडीमा कमजोर पर््रदर्शन गरेको छ ।
दर्ुइ सय मिटर इन्डिझिजियोल मिड्लेमा शैलेश राणा, ५० मिटर बटरफ्लाईमा करिष्मा कार्की, ५० मिटर ब्रेष्ट स्ट्रोकमा नयना शाक्य, र सय मिटर प्रिm स्टाइलमा प्रसिद्धजङ्ग शाह आठौ स्थानमा रहे । विविधा रिमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा सातौं स्थान ओगटिन । यसअघि शुक्रबार बिहान सबै खेलाडीले हिट चरण पार गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका थिए ।
पौडीको एक सय मिटर प|mीस्टाइलमा भारतका एरोन एन्जलले स्वर्ण्र्ाादक जिते । सो स्पर्धामा बंगलादशेका मोजहिर रहमानले रजत र श्रीलंकाका हेसन वान्द्राले काश्य जिते । २ सय मिटर ब्रेस्ट स्ट्रोकमा भारतकै सन्दिप सेजवालले स्वर्ण्र्ाादकको रक्षा गरे । सो स्पर्धामा बंगलादेशका मोहम्मद कममला हुसेनले रजत तथा भारतका अनुप अगस्टीनले काश्य पदक जिते ।
Comments0
Leave Comments