२०६६ - फागुन - २८ | 12, March 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
३०.०० ८.०० -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

नेपाललाई उसुमा कास्य

मनोज घिमिरे/राजधानी
ढाका, २२ माघ
११औं दक्षिण एसियाली खेलकुद
-साग)मा नेपालको कमजोर पर््रदर्शन कायमै रहेको छ ।
सबैभन्दा राम्रो परिणामको आशा गरिएको उसुमा समेत कमजोर पर््रदर्शन गरेपछि नेपाली टोलीका लागि ११औं साग बिर्सनलायक हुन सक्ने सम्भावना देखिएको छ । उसुको शुक्रबार भएको खेलअन्तर्रगत सान्सौमा एलिना चौधरी र ६० किलो तौल समूहमा झरना गुरुङ भारतीय खेलाडीसँग हार्दा नेपालले कांस्यमा चित्त बुझाउन
बाध्य भयो ।
यसअघि पाकिस्तानी टोसना हनिफलाई पराजित गर्दै चौधरी र श्रीलंकन मोलिनी पाथिरानालाई किनारा लगाउँदै गुरुङ सेमिफाइनलमा प्रवेश गरे थिए  ।  पुरुषोत्तम रिजाल भने बाई पाएर यसअघि नै अन्तिम ४ मा पुगिसकेका छन् । रिजालले पनि कम्तीमा कांस्य पदक सुनिश्चित गरेका छन् । उता, सान्सौको ५२ किलो तौल समूहमा समि लामा पाकिस्तानी खेलाडीसँग, ६० केजीमा प्रेम दर्लामी श्रीलंकन खेलाडीसँग तथा ६५ किलो तौलमा वीरसिंह तामाङ पनि श्रीलंकन खेलाडीसँग पराजित भएका छन् ।
शनिबार तेक्वान्दोमा नेपालले १ कांस्य पदक जित्ने निश्चित भएको छ । ५७ किलो तौल समूहमा मनिता शाहीले बाई पाएर सीधै सेमिफाइनलमा प्रवेश पाएपछि मनिताले कम्तीमा कांस्य सुनिश्चित गरेकी हुन् । पदकको आशा गरिएको तेक्वान्दोका खेलहरू शनिबार सुरु हुनेछन् ।  
बक्सिङमा पनि नेपालको खराब सुरुआत
बक्सिङतर्फनेपालका सचिन राउत पहिलो चरणमा नै अफगानिस्तानका मोहम्मद अफिरसँग पराजित भएका छन् ।  ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका राउतले तेस्रो तथा अन्तिम राउन्डमा पुगेर खेल त्यागेका थिए ।
राउत कम्पल्सरी काउन्ट लिमिटमा पराजित भए पनि ५१ केजी तौल समूहमा लक्ष्मण साउद बाई पाएर सीधैं सेमिफाइनल प्रवेश गरेका छन् । उनले कम्तीमा कांस्य पदक प्राप्त गर्ने निश्चित भएको छ  ।
बक्सिङका अन्य खेलहरू शनिबार हुनेछन् । ६४ किलो तौल समूहमा सुशील घिमिरेले ६० किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, अजित गुरुङ, ५७ किलोमा दिनेश श्रेष्ठले तथा ५४ किलो तौल समूहमा देवेन्द्रराज ठकुरीले प्रतिस्पर्धा गर्नेछन् ।
टेबुल-टेनिस
नेपाल शुक्रबार सम्पन्न टेबुल-टेनिस टिम इभेन्ट्समा पुरुष र महिला दुवैतर्फपराजित भएको छ । पुरुषतर्फनेपाललाई श्रींलकाले ३-१ ले पराजित गर्‍यो । महिलातर्फभने नेपाललाई भारतले ३-० ले पाखा लगायो ।
स्क्वासको टिम इभेन्टमा नेपाल भारतसँग ३-० ले पराजित भएको छ । बास्केटबलमा बंगलादेशसँग पराजित हुँदै नेपाल पदकविहीन बन्यो ।
साइकलिङतर्फ५० किलोमिटर महिला रोड रेसमा नेपालकी निर्जला ताम्राकार चौथो स्थानमा सीमित रहेकी छन् । उनी दर्ुइ सेकेन्डले पदक पाउनबाट चुकिन ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी