© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - २२
राजधानी समाचारदाता
काठमाडौं, २२ माघ
नेपाल टेलिकमले मोबाइल सेवाको बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राखेर जीएसएम मोबाइलको २२ लाख लाइन थप गर्ने भएको छ ।
ग्रामीण उपभोक्तामाझ लोकप्रिय रहेको स्काई -सीडीएमए)मोबाइल पनि थप चार लाख लाइन विस्तार गर्ने भएको छ ।
सातौं वाषिर्कोत्सवको अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले मोबाइल सेवालाई प्रतिस्पर्धी र गुणस्तरीय सेवाको रूपमा विस्तार गरिने बताउँदै ती लाइहरू थपिने जनकारी गराएका हुन् ।
उनले आगामी १ फागुनदेख चैत मसान्तसम्म लेन लाइन टेलिफोन जडानमा लाग्ने नौ सय रुपैयाँ छुट दिने बताएका छन् । लेन लाइन फोनमा तिर्नुपर्ने महसुल दरमा १ फागुनदेखि चैत मसान्तसम्म तिर्न बाँकी भएको रकममा लागेको जरिवानासमेत छुट हुने भएको छ ।
टेलिकमले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको धनगढीबाट शुक्रबारबाटै इन्टरनेट प्रयोगकर्तालाई एडीएसएल र्सर्भिस सुरु गरेको छ । यसअघि चार विकास क्षेत्रमा टेलिकमले सो सेवा विस्तार गरिसकेको छ । मुलुकमा विभिन्न प्रविधिमार्फ इन्टरनेट सेवा प्रदान गर्ने टेलिकमले एडीएसएल सेवा १६ जिल्लाका ३१ हजार ग्राहक रहेका छन् भने थप २७ जिल्लामा सो सेवा विस्तार गर्ने जनाएका छन् । त्यसैगरी, आगामी दिनमा टेलिकमले दर्ुइ जलविद्युत् कम्पनीमा लगानी गर्ने जनाएको छ ।
टेलिकमले जीएसएम सेवा उपयोग गर्ने ग्राहक ३५ लाख ५७ हजार नाघेको जनाएको छ । सीडीएमए र पीएसटीएन टेलिफोन प्रयोगकर्ता भने ५० हजार नाघिसकेको उसको दाबी छ । वाषिर्कोत्सवको अवसरमा टेलिकमले उपभोक्ता वर्गलाई सहुलियत दरमा भीओआईपीमार्फ अन्तर्रर्ााट्रय दूरसञ्चार सेवा सञ्चालन गर्ने जनाएको छ ।
वाषिर्कोउत्सवको अवसरमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले टेलिकमलाई गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरेका थिए ।
टेलिकमको गुणस्तरीयतामाथि विभन्न समयमा प्रश्न उठ्ने गरेकाले व्यवस्थापन पक्ष सजग हुनपर्ने उनको धारणा छ । 'टेलिकमको गुणस्तरीयताको बारेमा विभिन्न पत्रपत्रिकामा निस्केका समाचारलाई व्यवस्थापन पक्षले ध्यान दिनुपर्नेछ,' उनले भने ।
ग्रामीण भेगका जनाताले पनि सस्तोमा मोबाइल सेवा लिइरहेका बेला गुणस्तरीय सेवामा ध्यान नदिए प्रतिस्पर्धा गर्न कठिन पर्ने उनको धारणा थियो । टेलिकमले जारी गरेको साधारण सेयर वृद्धि नभएकोमा उनले चिन्ता व्यक्त गरे ।
केहीबेर सेवा अवरुद्ध
नेपाल टेलिकमले आफ्नो सातौं वाषिर्कोत्सव मनाइरहँदा काठमाडौं उपत्यकाभर दर्ुइ घन्टासम्म मोबाइल तथा लेन लाइन फोन अवरुद्ध भएका थिए । विद्युत् आपर्ूर्तिका कारण प्राविधिक कमजोरीले गर्दा केहीबेर सेवा अवरुद्ध भएको टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए । सेवा अवरुद्ध भएका बेला प्रिपेड मोबाइलमा रिचार्जसमेत हुन सकेको थिएन ।
भित्र कार्यक्रम, बाहिर विरोध
टेलिकमले आफ्नो वाषिर्कोत्सव मनाइरहेका बेला टेलिकमकै पर्ूव कर्मचारीहरूले साधारण सेयरको माग गर्दै विरोध पर््रदर्शन गरेका थिए । उनीहरूले टेलिकमबाट कर्मचारीका नाममा वितरण भएको सहुलियत दरको साधारण सेयर आफूहरूले पाउनुपर्ने दाबी गर्दै कोणसभासमेत गरेका थिए । कम्पनीले ९० रुपैयाँमा कर्मचारीलाई सेयर उपलब्ध गराएको थियो भने र्सवसाधारणका लागि ६ सय रुपैयाँ दरमा सेयर हाल्न आह्वान गरेको थियो ।
Comments0
Leave Comments