© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २६ | 10, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २१
राजधानी समाचारदाता
काठमाडौं, २१ माघ
'ओ... कोनाल्स ब्रो...†'
'के हो अचेल त हामीतिर हर्ेदा पनि नहर्ेर्ने...-'
'निकै गजक्क परेर हिँड्छौ नि हिजोआज...†'
बौद्धतिर सडक पेटीमा हिँड्दै गर्दा गौरव कोनाल्सलाई पछाडिबाट यसरी बोलाउने धेरै हुन थालेका छन् ,अचेल ।
के काममा, के सुरले डेराबाट बाहिर निस्कँदा प्याच्च बोलाउनेहरूको बानी देखेर कहिलेकाँही उनलाई दिक्क पनि लाग्छ । तर, एउटा राम्रो सेल्रि्रेटी हुने लक्ष्य लिएर डेढ वर्षघिबाट मोडलिङको यात्रा सुरू गरेका कोनाल्स साथीभाइ र सुभेच्छुकले जिस्क्याएकोलाई स्वभाविक र सामान्य मान्न थालेका छन्, अचेल ।
'बानी नै परिसक्यो, बोलाएजति सबैसँग बोल्न नभ्याए पनि कसैलाई हात हल्लाएर अभिवादन गर्दै र कसैलाई केही समय दिँदै अघि बढ्छु...' कोनाल्स, भन्छन् ।
थुप्रै म्युजिक भिडियो र अन्य प्रसँगमा मोडलको साना-ठूला भूमिकामा देखिँदै गरेका कोनाल्सको मोडलिङ यात्राको ब्रेक भने सुगम पोखरेलको नयाँ एलबम 'स्कुल पाठशाला' बाट भएको हो ।
स्कुल पाठशालामा समेटिएको 'रुन्न भन्थें कहिलें तर हेर आज आँसु खस्यो, खुसी लाग्यो त्रि्रो संसार बस्यो' बोलको गीतमा म्युजिक भिडियोमा उनको मुख्य भूमिका देखिन्छ ।
यो गीत रेडियो, टिभीमा मात्र होइन नेटमा पनि 'डिमान्डेवल' हुँदै गएको छ ।
नेट पुस्ताका युवाहरूकोे र्सवाधिक र्सच गरिने साइटमा पर्ने यु ट्युबमा राखिएको यो गीतमा अहिलेसम्म ६ हजारभदा बढीले क्लिक गरिसकेका छन् ।
यो गीतमा अभिनय गर्नका लागि करिब आधा दर्जन राम्रा मोडलहरूलाई छनौट प्रतिस्पर्धामा पछाडि पारेर अगाडि आएका कोनाल्सले पनि थुप्रैले जस्तै नाम र दाम हुने लोभमा मोडलिङको यात्रा सुरु गरेका हुन् ।
सोचेभन्दा चाँडो चर्चा पाएको र नयाँ निर्देशकको आँखामा परेको अनुभवसाथ कोनाल्स भन्छन्, 'तर, यो क्षेत्रमा संर्घष्ा गर्न सोचेजस्तो सजिलो चाहिँ रहेनछ ।'
काठमाडौंमा राम्रो र जीवन्त अभिनय गर्न जान्ने मोडल आठ-दस जना मात्र रहेको बताउँने कोनाल्सका शब्दमा भन्दा, 'प्रतिमा र 'लुक राम्रो' हुनेलाई मोडलिङ क्षेत्रमा स्थापित हुन गाह्रो छैन ।'
अभिनय यात्राको पहिलो सिँढी सफलताका साथ उक्लेका कोनाल्सको ध्यान पनि सानो पर्दाबाट क्रमशः विस्तारित हुँदै सेलुलाइडतिर केन्द्रित छ ।
उनका अनुसार, 'मोडलिङमा आउने प्राय सबै कलाकारको लक्ष्य सिनेमाको अभिनयमा आफ्नो करिअर खोज्नु नै हो ।'
महाबौद्ध गेटनजिकै सडक पेटीमा घाम ताप्दै कुरा हुँदै गर्दा पछाडिबाट एउटा साथीले धाप मार्दै भने, 'ओ ब्रो † के हो यस्तो... टिभीका देखिन थालेपछि त साथीभाइलाई लिस्टबाटै कट गर्न थालेको -'
विचरा उनी के भनुँ नभनुँ भए एकछिनसम्म । लगत्तै वातावरणलाई सहज बनाउँदै भने, 'धत् यार † कम से कम पत्रकारका अगाडि त नरिसाउ न...'
Comments0
Leave Comments