२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

हकिमुल्लाह मारिएकोमा अमेरिकी विश्वस्त



एजेन्सी
वासिंगटन, २१ माघ
संयुक्त राज्य अमेरिकाका प्रति आतंकवाद अधिकारीहरूले पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह मेहसुद गत महिना चालकरहित विमानद्वारा गरिएको क्षेप्यास्त्र हमलामा मारिएको विश्वास गरेको एकजना वरिष्ठ खुफिया अधिकारीले बुधबार बताएका छन् ।
तर, थुप्रै आत्मघाती हमला र गत डिसेम्बरमा ठूलो संख्यामा हताहती हुने गरी अफगानिस्तानस्थित सीआईए अखडामा गरिएको आक्रमणलगायत थुप्रै आत्मघाती हमलाहरूमा जिम्मेवार ठानिएको अल-कायदा र्समर्थक आन्दोलनको नेतृत्व गर्ने मेहसुद मारिएको औपचारिक पुष्टि भने न अमेरिकी अधिकारीले गरेका छन् न पाकिस्तानीले नै ।
हकिमुल्लाह मारिएकै हुन् भने अमेरिका र उसका सहयोगीका निम्ति यो घटना 'आतंकवादी'विरोधी अभियानको पछिल्लो सफल कारबाही ठहरिनेछ ।
अमेरिकाले पछिल्लो समयमा मानवरहित विमानबाट पाकिस्तानी भू-भागमा गरिने हमला बढाएको छ । यमनसँगको हालसालैको निकट सहकार्यले यो क्षेत्रमा हवाई हमला बढाउने अवस्थामा पुर्‍याएको छ । राष्ट्रपति बाराक ओबामाले गत साता स्टेट अफ युनियनमा गरेको सम्बोधनमा पनि यस्ता आक्रमणहरूको बढ्दो सफलताबारे प्रकाश् पारेका थिए ।
सम्वेदनशील सुरक्षाको विषय भएको नाम उल्लेख नगर्ने र्सतमा बोलेका ती अमेरिकी गुप्तचर अधिकारीले हकिमुल्लाह मारिएको निष्कर्षे अमेरिकी गुप्तचर निकायहरूको निकै राम्रो सामूहिक सूचनाको प्रतिनिधित्व गर्ने बताए ।
त्यस आक्रमणयता अधिकारीहरूले मेहसुद मारिएको बारे आफूहरूको विश्वास निकै बढेको बताए । तर, हकिमुल्लाहको मृत्युसम्बन्धी के प्रमाण अमेरिकाले संकलन गरेको छ भन्नेबारे ती अधिकारीले केही बताएनन् ।
पाकिस्तानी तालिबानका अधिकारीले पहिले आफ्ना नेता जििवतै र सकुशल छन् भन्ने कुरा पुष्टि गर्न सक्ने र पछि त्यस्तो पुष्टि गर्नुपर्ने आवश्यकता नरहेको बताएको एक दिनपछि अमेरिकी अधिकारीको भनाइ र्सार्वजनिक
भएको छ ।
अफगानिस्तानको सीआईए अखडामा आत्मघाती हमला गरी सातजनाको ज्यान लिने जोर्डर्ाा नागरिकसँगै मेहसुद भिडियोमा देखापरेको भोलिपल्ट अमेरिकी चालकरहित व्मिानले हमला गरेको थियो । हुमाम खलिल अबु-मुलाल अल-बासावीले पाकिस्तानी तालिबान नेता बैतुल्लाह मेहसुदको ज्यान जाने गरी गत अगस्टमा अमेरिकी चालरहित विमानले गरेको आक्रमणको बदलामा आफू सीआईए अखडामा आक्रमण गर्न जान लागेको भिडियोमा बताएका थिए ।
बैतुल्लाहको मृत्युपछि तेहरिक-ए-तालिबान पाकिस्तानको नेतृत्व २८ बर्सर्ेेकिमुल्लाहले लिएका हुन् । उनी क्रुर लडाकूको रूपमा चिनिन्छन् ।
पेसावरस्थित पर्ल कन्टिनेन्टल होटलमा गत जुनमा, लाहोरमा सोही वर्षो सुरुतिर श्रीलंकाली क्रिकेट खेलाडीमाथि लगायत पाकिस्तानभित्र भएका कैयौं घातक हमलाको जिम्मेवारी हकिमुल्लाहले लिएका थिए । अमेरिकी चालकरहित विमानहरूलाई स्थानीय अखडा वा अमेरिकामै बसेर रिमोटबाट नियन्त्रण गर्न सकिन्छ ।
यो कार्यक्रम औपचारिक रूपमा गोप्य भए पनि सबैजसो हमला र्सार्वजनिक हुन्छन् । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा अड्डा जमाएर बसेका अल-कायदा र तालिबान लडाकूविरुद्ध वासिंगटनले जनाउने एकमात्र सैनिक प्रतिक्रिया यी र यस्तै हमलाहरू हुन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी