२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

खर्च धेरै हुनाले चिन्ता बढ्नेछ ।
मान सम्मानको अवसर मिल्नेछ ।
घरजग्गाको कारोवारबाट लाभ हुनेछ ।
अनावश्यक अपजसको सामना गर्नुपर्नेछ ।
वौद्धिक काममा समय खर्च हुनेछ ।
पुराना साथी भेट हुनुको साथै खर्च बढ्नेछ
अनावश्यक विषयमा विवाद हुनेछ ।
साँध सिमानाको किचलो साम्य हुनेछ ।
स्वास्थ्य प्रतिकूल भए पनि आम्दानी हुनेछ ।
पि्रयजनले धोका दिन सक्नेछन् ।
आम्दानीभन्दा खर्च धेरै हुनेछ ।
नयाँ कामको अवसर मिल्नेछ ।

बाँकी अंश

पाक हिंसामा विदेशी सहायताकर्मी मारिए

एएफपी
पेसावर, २० माघ
उत्तर-पश्चिमी पाकिस्तानको एउटा विद्यालयमा भएको शक्तिशाली विस्फोटमा चारजना विदेशी सहायताकर्मी र बालबालिकासहित  कम्तीमा आठजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
इस्लामिक अतिवादीको हमलामा गतवर्षभत्किएको स्कुल पुनःनिर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा जान लागेका विदेशी र स्थानीय पाहुनालाई अर्धसैनिक बलले एस्कर्टिङ गरिरहेको बेला भएको विस्फोटमा पत्रकारहरू पनि घाइते भएका छन् ।
बेलायती समाचार संस्था रोयर्टसले प्रेषित गरेको समाचारमा सो घटनामा तीनजना अमेरिकी सैनिक मारिएको उल्लेख छ । हमलाको जिम्मेवारी पाकिस्तानी तालिबानले दाबी गरेको पनि सो समाचारमा उल्लेख छ ।
'विस्फोटमा आठजनाको ज्यान गएको छ--चार विदेशी एकजना सुरक्षा गार्ड र तीनजना स्कुले बालिका,' जिल्ला प्रहरी प्रमुख मुम्ताज जरिनले एएफपीसँग भने, 'विद्यालय भवन पनि नराम्ररी भत्किएको छ भने तीनवटा गाडी ध्वस्त भएका छन् ।'
प्रधानमन्त्री युसुफ रजा गिलानीले विस्फोटको कडा शब्दमा निन्दा गर्दै तल्लो डिरको ताइमार्गारा सहरबाट १० किलोमिटर पर रहेको कोटो गाउँमा भएको घटनाको छानविन गर्न आदेश दिएका छन् ।
'ती चार विदेशीहरू एउटा गैरसरकारी संस्थाका लागि काम गरिरहेका थिए । उनीहरू अन्तर्रर्ााट्रय समुदायका थिए,' अर्धसैनिक प|mन्टियर कर्पसका प्रवक्ताले भने ।
चिकित्सक सरदार अलीले ताइमार्गारा अस्पतालबाट बताए अनुसार तीनवटी स्कुले किशोरी र एकजना पुरुषको शव त्यहाँ ल्याइएको छ ।
प्रहरीले मारिएका विदेशीको राष्ट्रियता पहिचानका लागि छानविन गरिरहेको उल्लेख गर्दै चारजना स्थानीय पत्रकार घाइते भएको बताएको छ ।
यसअघि सन् २००९ को जनवरीमा लडाकूहरूले ध्वस्त पारेपछि विदेशी सहायता एजेन्सीको सहयोगमा पुनःनिर्माण गरिएको विद्यालयको उद्घाटन हुनुअघि विस्फोट भएको प्रहरीले बताएको छ ।
पश्चिमी संघ/संस्थाले पश्चिमोत्तर पाकिस्तानमा महिला शिक्षा पर््रवर्द्धन गर्न पाकिस्तानी सरकारसँग मिलेर काम गर्दै आएका छन् । इस्लामिक अतिवादीले भने सहशिक्षाको विरोध गर्दै सयौं विद्यालयहरू ध्वस्त पारेका छन् ।
पाकिस्तानले गत वर्षतल्लो डिर र छिमेकी जिल्लाहरू स्वात र बुनेरमा तालिबान व्रि्रोही सिध्याउन ठूलै सैनिक कारबाही गरेको थियो । अमेरिकी अधिकारीहरूले पाकिस्तानको आदीवासी इलाकालाई धर्तीकै सबैभन्दा खतरनाक ठाउँ भन्दै आएका छन् । अल-कायदा प्रमुख ओसामा बिन लादेन सोही इलाकामा लुकी बसेको विश्वास उनीहरूको छ ।
मंगलबार राति १० वटा जति मानवरहित अमेरिकी विमानले नर्थ वाजिरिस्तानको दत्ताखेलमा अतिवादीका शंकास्पद तालिम केन्द्र र आश्रमहरूमा १८ वटा क्षेप्यास्त्र खसाल्दा कम्तीमा २० जनाको ज्यान गएको थियो । अफगानिस्तानसँग जोडिएको नर्थ वाजिरिस्तानमा तालिबान व्रि्रोही, अल-कायदाका कार्यकर्ता र हक्कानी लडाकू सञ्जालमा आबद्ध लडाकूहरूको बाक्लो उपस्थिति छ ।
'हामीलाई प्राप्त सूचनाअनुसार मंगलबार रातिको हमलामा कम्तीमा २० जना--अधिकांश लडाकू--मारिएका छन्,' एकजना वरिष्ठ अधिकारीले क्षेत्रीय राजधानी पेसावरबाट भने ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी