© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २७ | 11, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - २०
काठमाडौं/रास- तीन वर्षघि आफूले बनाएको फिल्म 'नेपाल'बाट उनले करिब १५ लाख नोक्सान ब्यहोर्नु पर्यो । त्यसपछि उनलाई सिनेक्षेत्र नै
छाडौं कि जस्तो लागेको थियो । तर, तितो सत्यले
दिएको लोकप्रियताका कारण उनले अभिनयलाई निरन्तरता दिए ।
टेलिफिल्म तितो सत्यमार्फ गैंडाका रूपमा ख्याति कमाएका हास्य अभिनेता निर्मल शर्माको प्रसंग हो यो । अझै सिनेमा बनाउने चाहना छैन उनको । तर, अभियनलाई भने उनी छोड्न सक्दिनँ भन्छन् । यी हास्य अभिनेताले पछिल्लो समय निर्देशनमा समेत हात हालेका छन् ।
बुधबार राजधानीमा टेलिसिरियल 'लगन जर्ुलाजस्तो छ'को सुटिङमा भेटिएका यी कलाकारले राजधानीसँग भने, 'आजकल म त निर्देशनतिर पो व्यस्त छु । टेलिफिल्मको छायांकन नपरेको दिन म्युजिक भिडियो र विज्ञापनको सुटिङ राख्ने गरेको छु ।'
६ महिनाअघि राजश्वको एउटा विज्ञापन बनाएर उनले निर्देशनमा हात हालेका थिए । यसपछि आधा दर्जन विज्ञापन निर्देशन गरिसकेको शर्माले जानकारी गराए ।
विज्ञापन मात्र होइन, उनले एक दर्जन म्युजिक भिडियोका निर्देशन यो अवधिमा गरिसकेका छन् । शर्माले काठमाडौं महानगरपालिकाको फोहोरसम्बन्धी जनचेतना जगाउने एउटा गीतको केही महिनाअघि म्युजिक भिडियो बनाएका थिए । सो म्युजिक भिडियोमा शिव श्रेष्ठ, भुवन केसी, धीरेन शाक्यसहित विभिन्न कलाकार, हरि खड्कालगायतका खेलाडी, उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी तथा सुरेन्द्रवीर मालाकारलगायतलाई अभियन गराए । त्यो म्युजिक भिडियो छोटो समयमै लोकप्रिय भएपछि आफूलाई म्युजिक भिडियो निर्देशनको प्रशस्त प्रस्ताव आएको उनले बताए ।
गायिका स्मिता प्रधान, गायक जगजित सिंहलगायत थुप्रैको म्युजिक भिडियो उनले निर्देशन गरिसकेका छन् । रामकृष्ण ढकाल, डिजराज लगायतको नयाँ गीतको म्युजिक भिडियो पनि आफूले चाँडै निर्देशन गर्ने जानकारी निर्मल शर्माले गराए ।
टेलिफिल्म र फिल्मको निर्देशन गर्ने उनको योजना छैन । तर, म्युजिक भिडियो निर्देशनलाई भने निरन्तर अगाडि बढाउने पक्षमा छन् । कारणबारे उनले भने, 'म्युजिक भिडियो निर्देशन गर्दा मैले त्यसबाट एक किसिमको आनन्द पाएँ । चलचित्र तथा टेलिचलचित्रको निर्देशनमा लामो सयम जुट्नुपर्ने र म्युजिक भिडियोको निर्देशन एक दिनमा सकिने भएकाले म म्युजिक भिडियोमै केन्द्रित रहने छु ।'
Comments0
Leave Comments