© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १९
बालमुकुन्द नेपाल/राजधानी
काठमाडौं, १९ माघ
जलवायु परिवर्तनसम्बन्धी विशेष योगदान पुर्याएबापत नोबेल शान्ति पुरस्कार पाएका विश्वकै र्सवशक्तिमान मुलुक संयुक्त राज्य अमेरिकाका पर्ूवउपराष्ट्रपति अल गोर विश्वकै र्सवाेच्च शिखर सगरमाथाको वर्तमान अवस्था सुनेर अत्यन्तै भावुक बने ।
'सगरमाथाको साउथकोलमा हिउँ पग्लेर खोला बगिरहेको छ,' नेपालका एकजना सगरमाथा आरोहीले आफूले देखेको घटना सुनाउँदा पर्ूवउपराष्ट्रपति गोर छक्क मात्र परेनन्, अत्यन्तै गम्भीर बने र सहयोगको वचन पनि दिए ।
नोबेल विजेता गोरलाई सगरमाथाको वर्तमान परिदृश्यबारे जानकारी गराउने व्यक्ति हुन्, अत्यन्तै कम समयमा सगरमाथामा पाइला टेक्ने व्यक्ति भनी गिनिज बुकमा नाम लेखाएका, पेम्बा दोर्जी शर्ेपा ।
जलवायु परिवर्तनसम्बन्धी विकसित मुलुकका राष्ट्रप्रमुखलाई सचेत बनाउने अभियानअर्न्तर्गत पेम्बा एक महिनादेखि अमेरिकामा छन् । जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी युवाले चलाएको अभियान ३५० अर्न्तर्गत अमेरिका पुगेका उनलाई पहिलोपटक सगरमाथा आरोहण गरेका तेन्जिङ शर्ेपाका नाति नोर्बु तेन्जिङ शर्ेपाले पनि सघाइरहेका छन् । यसअघि पेम्बाले हिमाल बचाऔं अभियानअर्न्तर्गत अस्ट्रेलियाका प्रधानमन्त्रीलाई पनि भेटेका थिए ।
अल गोर र पेम्बाबीच गत बुधबार सानप|mान्सिस्को सहरको फोर सिजन होटलमा करिब २० मिनेट कुराकानी भएको थियो । कुराकानीको विषय थियो, तात्दै गएको विश्व र त्यसबाट पग्लिँदै गएको हिमशृंखला ।
कुराकानीका क्रममा पेम्बाले जलवायु परिवर्तनले हिमशृंखलाका हिउँ पग्लँदै गएको अल गोरलाई सुनाएका थिए । उनले हिउँ पग्लँदा हिमताल फुट्ने खतरा रहेको जानकारी पनि गराए । पेम्बाले बढ्दो तापक्रमका कारण खुम्बु क्षेत्रको इन्द्रताल छिट्टै फुट्न सक्ने आशंका पनि व्यक्त गरेका थिए ।
पेम्बाको कुरा सुनेपछि पर्ूवउपराष्ट्रपति अल गोरले सहयोगको वचन दिएका थिए । वातावरणविद्समेत रहेका अल गोरले अमेरिकामा रहेका जलवायु विशेषज्ञहरूसँग हिमाल बचाउने विषयमा छलफल गर्ने वातावरण मिलाउने वचन पनि दिए, पेम्बालाई ।
कुराकानीमा पेम्बाले जलवायु परिवर्तनकै कारण आफूले तीव्रगतिमा सगरमाथामा आरोहण गर्न सकेको पनि बताएका थिए ।
अमेरिकालगायतका विकसित मुलुकले गरेको अत्यधिक कार्बन-डाइअक्साइड उर्त्र्सजनका कारण अल्पविकसित मुलुकमा जलवायु परिवर्तनको असर देखा पर्दै आएको हो ।
Comments0
Leave Comments