२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

राष्ट्रपति-प्रधानमन्त्री भेट संयन्त्रप्रति असन्तुष्ट रहेको जानकारी

काठमाडांै/रास- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादीले सरकार परिवर्तनको प्रस्ताव राखेको भोलिपल्टै सोमबार प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति डा. रामवरण यादवलाई भेटी संयन्त्र गठनप्रति आङ्खनो असन्तुष्टि रहेको बताएका छन् ।
राष्ट्रपति डा. यादवलाई बिहान शीतलनिवासमा भेट्न गएका प्रधानमन्त्री नेपालले वैधानिक ढंगबाट गठन नभएकाले संयन्त्रप्रति आफू सन्तुष्ट नरहेको बताएका हुन् ।
उनले आफू प्रधानमन्त्री भएको नाताले अन्य कोही संयोजक रहेको संयन्त्रमा बस्न उचित नहुने पनि राष्ट्रपतिसमक्ष बताएका थिए ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला संयोजक रहेको संयन्त्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष झलनाथ खनाल सदस्य छन् । प्रचण्डको असहमतिबीच प्रधानमन्त्री नेपाललाई पछि आमन्त्रित सदस्य बनाइएको थियो ।
भेटमा प्रधानमन्त्री नेपालले राष्ट्रपतिलाई संयन्त्रको बैठकले सरकारबारे कुनै निर्ण्र्ाालिन नसक्ने बताएको उनका राजनीतिक सल्लाहकार रघुजी पन्तले सञ्चारकर्मीलाई जानकारी दिए ।
करिब एक घन्टा भएको भेटवार्तामा प्रधानमन्त्री नेपालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउन र निर्धारित मितिमा नयाँ संविधान जारी गर्न सरकार गम्भीर भएको पनि बताएका थिए । उनले संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकारले तयार पारेको कार्ययोजनाबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए । भेटमा डेनमार्कको कोपनहेगनमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा नेपालले राखेको अडान कायम राख्दै 'कोपनहेगन र्एकर्ड' लाई र्समर्थन गरेको जानकारी प्रधानमन्त्री नेपालले राष्ट्रपतिलाई गराएका थिए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी