२०६६ - फागुन - २८ | 12, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

एयरबस खरिद गरे ५९ करोड बढी पर्ने

मधुजंग पाण्डे/राजधानी
काठमाडौं, १९ माघ
नेपाल वायुसेवा निगमले प|mान्सको जहाज उत्पादक कम्पनी एयरबसलाई बैना गरेको विमान खरिद गरेमा सम्झौताभन्दा  ५८ करोड ७२ लाख ५० हजार रुपैयाँ बढी तिर्नुपर्ने भएको छ ।
एयरबसले गत जनवरीदेखि आफ्नो कम्पनीद्वारा उत्पादित सबै जहाजको बिक्रीमूल्य ५ दशमलव ८ प्रतिशतले वृद्धि गरेपछि निगमले र्सार्वजनिक खरिद प्रक्रियाअनुरूप ल्याउन लागेको एयरबसका दर्ुइ नयाँ जहाज खरिद गर्दा सो रकम बढी तिर्नुपर्ने भएको हो ।
यसअघि १० अर्ब १२ करोड ५० लाख रुपैयाँमा न्यारो र वाइड बडी गरी दर्ुइवटा जहाज ल्याउन निगमले एयरबससँग सम्झौता गरेको थियो । मूल्य यथावत् राख्ने प्रयासका बाबजुद पनि अत्यधिक माग तथा डेलिभरी र डलरको तुलनामा युरो बलियो भएकाले मूल्य बढाउन बाध्य भएको एयरबसले जनाएको छ ।
निगमका नायब महाप्रबन्धक एवं प्रवक्ता राजुबहादुर केसीले निगमलाई जहाज बिक्री गर्ने कम्पनी एयरबसले गत १ जनवरीदेखि नै लागू हुनेगरी जहाजको मूल्य बढाएको बताए ।
उनले युरोपबाट प्रकाशित हुने विमान उत्पादक कम्पनीको बजारमूल्य लगायत विविध गतिविधिको जानकारी गराउँदै आएको 'एयर ट्रास्पोर्ट वर्ल्ड' प्रत्रिकामार्फ एयरबसले जहाजको बिक्रीमूल्य बढाएको थाहा पाएको बताए ।
निगमका नायब महाप्रबन्धक केसीले राजधानीसँग भने, 'हामीले एयरबससँग समयमै खरिद सम्झौता गर्न सकेको भए पहिले भनेभन्दा बढी पैसा तिर्नुपर्ने थिएन ।'  
निगम र एयरबसबीच यसअघि भएको सम्झौताअनुसार गत ७ देखि २२ डिसेम्बरसम्म खरिद सम्झौता भइसक्नुपर्नेमा यहाँबाट थप प्रक्रिया नभएकाले अब बढी मूल्य तिर्नुपर्ने स्थिति आएको उनले बताए ।
र्सार्वजनिक खरिद प्रक्रियाअनुरूप सबै काम अघि बढिरहेको बेला र्सार्वजनिक लेखासमितिले गत १३ पुसमा गरेको निर्देशनपछि नयाँ जहाज खरिद प्रक्रिया रोकिएको जानकारी गराउँदै उनले रोकिएको सो प्रक्रिया नै थप अगाडि बढाउनुपर्‍यो भने निगम पहिलेको भन्दा बढी रकम तिर्न बाध्य हुने बताए । र्
पर्यटन मन्त्रालयको निर्देशन नआउञ्जेल अहिले केही गर्न सक्ने स्थिति नभएको बताउँदै केसीले भने, 'सकेसम्म खरिद सम्झौता भइसकेकाले मूल्य नबढाउन अनुरोध गर्दछौं ।' उनले जहाज उत्पादक कम्पनीले गरेको मूल्यवृद्धिले आगामी दिनमा सोही खरिद प्रक्रिया अगाडि बढाउँदा निगमलाई धेरै असर पर्ने बताए ।
निगमले एयरबसका न्यारो र वाइड बडी गरी दर्ुइवटा नयाँ जहाज खरिद गर्न गत ६ नोभेम्बरमा अग्रिम भुक्तानी एवं बैनास्वरूप पाँच करोड ७३ लाख रुपैयाँ पठाएको थियो । सोही विषयलाई लिएर र्सार्वजनिक लेखासमितिले जहाज खरिद प्रक्रिया रद्द गर्ने निर्देशन
दिएको थियो ।   
निगमले दर्ुइ ठूला जहाज खरिद गर्न गत २५ चैतमा आह्वान गरेको बोलपत्र ८ जेठमा खोलेको थियो । सो अवधिमा दर्ुइ ठूला जहाज उत्पादन कम्पनी बोइङ र एयरबससहित जम्मा पाँचवटा टेन्डर परेको निगमले बताएको छ ।
र्सार्वजनिक लेखासमितिको निर्देशनद्वारा रोकिएको खरिद प्रक्रियाबमोजिम अझै जहाज उत्पादक कम्पनी एयरबससँग खरिद सम्झौता नगरेमा निगमले अग्रिम भुक्तानीस्वरूप पठाएको पाँच करोड ७३ लाख रुपैयाँसमेत डुब्ने स्थितिमा पुगेको छ ।   र्
पर्यटन वर्ष२०११ लाई लक्षित गरी सन् २०१० को सेक्टेम्बरभित्र नयाँ जहाज ल्याइसक्ने बताउँदै आएका निगम र पर्यटन मन्त्रालयले आर्थिक विनियमावली र र्सार्वजनिक खरिद ऐनबमोजिम सबै प्रक्रिया पुर्‍याएरै काम गरेको दाबी गर्दै अर्थको जे निर्देशन हुन्छ सोहीअनुरूप काम अघि बढाउने बताएका छन् । र्
अर्थ मन्त्रालयले भने जहाज खरिद प्रक्रियामा छिट्टै निर्णर्य गर्ने बताएको छ । निगमलाई १० अर्ब ऋण उपलब्ध गराउन सरकार जमानी बस्ने कुरामा अर्थ मन्त्रालयले छुट्टै समिति बनाएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी