© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १९
जयपुर/एजेन्सी- सलमानको फिल्म वीरले बक्स अफिसमा चमात्कार देखाउन सकेन । सलमानले उल्टै यो फिल्मबाट मुद्दामामिला झेल्नुपर्यो । राजस्थानका राजपूतमाथि बनेको यो फिल्मविरुद्ध त्यहाँका राजपूतले विरोध पर््रदर्शन सुरु गरेका छन् ।
फिल्म वीरमा सलमानले राजपूतलाई गलत तरिकाबाट प्रस्तुत गरिएको टिप्पणी त्यहाँका राजपूतले गरेका छन् । विरोध पर््रदर्शनका क्रममा वीर चलिरहेका जयपुरका मल्टिप्लेक्स सिनेमा हलहरूसमेत तोडफोड गरिएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् ।
राजपूत समुदायको संगठन करणी सेनाका कार्यकर्ताले त्यहाँका दर्ुइवटा सिनेमा हल तोडफोड गरेका हुन् । करणी सेनाका कार्यकर्ताले सो
फिल्ममा राजपूतको इतिहासलाई गलत किसिमले प्रस्तुत गरिएको पनि बताएका छन् ।
हलको सुरक्षा दिन गएका प्रहरी र कार्यकर्ताबीच झडप भएको र प्रहरीले सो सेनाका २४ जना कार्यकर्तालाई पक्रिएर थुनामा राखेको पनि समाचारमा उल्लेख छ । राजस्थानका राजपूतहरूले वीरको पर््रदर्शनमा रोक लगाउनुपर्ने माग गर्दै आएका छन् । यसबारे अभिनेता सलमान खानले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
Comments0
Leave Comments