२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

दलाई लामा नभेट्न ओबामालाई चेतावनी

एजेन्सीहरु
बेइजिङ, १९ माघ
अमेरिकी राष्ट्रपति बाराक ओबामाले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामासँग भेटे यसले चीन-अमेरिका सम्बन्धमा गम्भीर असर पार्ने बेइजिङले चेतावनी दिएको छ ।
दलाई लामा यो महिनाको अन्त्यमा वासिंगटन जाँदैछन्, तर हालसम्म दलाई लामा र राष्ट्रपति ओबामाबीच भेटघाट हुने कुनै पनि घोषणा भएको छैन ।
तर, बाराक ओबामाले भने निर्वासित तिब्बती प्रमुखलाई भेट्न चाहेको ह्वाइट हाउसले संकेत गरेको छ ।
अमेरिका र चीनबीच यस विषयलाई लिएर थप विवाद उत्पन्न हुने देखिएको छ । यी दर्ुइ राष्ट्रबीच विभिन्न विषयमा विवाद चलिरहेको छ । पछिल्लो कारण भने चीनले आफ्नै भू-भाग मानेको ताइवानलाई ६ अर्ब ४० करोड डलरको हतियार बेच्ने अमेरिकी योजना हो जसप्रति चीनले कडा शब्दमा आपत्ति जनाइसकेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टर्ीी अधिकारी जुु वेक्युनले ओबामा र लामाबीच कुनै भेटघाट भए 'समान कदम' चालिने बताए । दलाई लामाका प्रतिनिधि र चीनबीच भएको वार्तापछि जुको प्रतिक्रिया बाहिर आएको हो । दुवै पक्षले आ-आफ्नै अडान कायम राखे पनि यो वार्ताले थोरै प्रगति भएको बताइन्छ ।
राष्ट्रपति ओबामा र सन् १९८९ का नोबेल शान्ति पुरस्कार विजेता लामाबीच हुने सम्भावित भेटबारे चीनको धारणाका विषयमा जुले लामो कुरा गरेका छन् ।
'यसले चीन-अमेरिका राजनीतिक सम्बन्धको जगलाई गम्भीररुपमा अवमूल्यन गर्नेछ' उनले भने ।
चिनियाँ कम्युनिस्ट पार्टर्ीीे युनाइटेड प|mन्ट वर्क डिपार्टमेन्टका जुले चीनले प्रतिशोध लिने बताएका  छन् ।
अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपति ओबामाले धार्मिक नेता लामासँग भेट गरे चीनले कस्तो कदम चाल्छ भन्नेबारे जुले केही बताएको छैन । 'हामी समान कदम चाल्ने छौं जसबाट सम्बन्धित देशलाई आफूले गल्ती गरेको थाहा हुनेछ' उनले भने ।
जु दलाई लामाका प्रतिनिधिको पाँच-दिने चीन भ्रमणबारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै थिए ।
सन् २००२ यता यी दर्ुइ पक्षबीच ९ पटक वार्ता भइसकेको छ तर, कम्युनिस्ट पार्टर्ीी अधिकारीका अनुसार दुवै पक्षबीच सहमति हुने कुनै आधार तयार भएको छैन ।
'दुवै पक्ष गम्भीर रुपमा विभाजित छन्' उनले भने । उनका अनुसार पछिल्लो वार्तामा पनि तिब्बतीहरुले हिमाली क्षेत्र स्वायत्त हुनुपर्ने आशा गरिरहेका छन् ।
'तिब्बतको स्वाधिनताबारे सानो सम्झौता पनि हुने छैन' उनले भने ।
उनले दलाई लामालाई समस्या निम्त्याउने व्यक्ति भनी आलोचना पनि गरे । 'दलाई लामालाई एक धार्मिक नेता भन्न मिल्दैन किनभने उनी विखण्डनवादी गुटका नेता हुन्' जुले भने । चिनियाँ कानुनविरुद्ध जान नसकेपछि लामाले सन् १९५९ मा तिब्बत छाडेका थिए ।
'अन्तर्रर्ााट्रय र क्षेत्रीय मुद्दाहरुमा, चीन-अमेरिका सम्बन्ध ताइवानसँगको अस्त्र कारोबार र अमेरिकी जिम्मेवारीमा भर पर्छ' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता मा झाओक्सुले भने ।
माले ताइवानलाई हतियार बेच्ने अमेरिकी कम्पनीलाई बेइजीङले प्रतिबन्ध लगाउने चेत्तावनी दिनुअघि नै त्यसबाट हट्न भनेका छन् ।
आउँदो अप्रिलमा प्रस्ताव गरिएको चिनियाँ राष्ट्रपति हु जिन्ताओको अमेरिका भ्रमणअघि त्यस्तो अप्रिय स्थिति पैदा नहोस् भन्ने चीनको चाहना छ ।
तर, यस्तो विवाद पहिलोपटक भएको भने होइन । पर्ूव राष्ट्रपति बुशको कार्यकालमा पनि दलाई लामालाई लिएर यस्तै विवाद उठेको थियो । गत महिना तिब्बत नीति मूल्यांकन गर्न चिनियाँ नेताहरु र भारतको धर्मशालामा रहेका तिब्बतीहरुबीच भएको वार्तापछिको यो नयाँ अध्याय हो । चिनियाँ शासनविरुद्ध पर््रदर्शन र हिंसाका बाबजुद तिब्बतमाथिका नीतिहरु सही भएको बेइजिङको विश्वास छ ।




Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी