२०६६ - फागुन - २८ | 12, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
३०.०० ८.०० -

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

स्रष्टा चिनाउने अभियानमा

किन मरेपछि मात्र सालिक बनाउने - यतिखेर काजी रोशन जिउँदैमा सालिक बनाउन कम्मर कसेर लागेका छन् । मरिसकेपछि मात्र कसैको मुक्तकण्ठले प्रशंसा गर्नु आम नेपालीको चरित्र हो । कुनै पनि व्यक्तिको निधनपछि उसको गाथा गाउने काम सुरु हुन्छ,  उहाँ यस्तो, उस्तो हुनुहुन्थ्यो भन्दै । तर, काजी रोशनलाई यस्तो शैली मन पर्दैन । उनी भन्छन्, 'कुनै व्यक्ति जिउँदो हुँदै उसको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्नुपर्छ, यसो गर्‍यो भने मात्रै उसको योगदानको कदर गरेको ठहरिन्छ ।'  
विशेष गरी धौलागिरी अञ्चल, अझ भनौं देशभरिकै र्सजकमा धेरै वर्षघिदेखि यस्तै ऊर्जा भर्दै छन काजी । मासिक ८५ रुपैयाँ तलब खाने शिक्षक थिए उनी कुनैबेला । 'महिनामा पाँच-दस रुपैयाँ जोगाएर पाँच हजार रुपैयाँ जम्मा पारें र साहित्यमा केही गरौं भन्ने भावना जाग्यो र थप केही सहयोग पनि जुटाएर धौलागिरीमै संगठित भएर काम गर्न थालेको हुँ,' आफ्नो साहित्यिक यात्राको विगत यसरी सम्भिmन्छन् । उनकै पहलमा विसं २०४१ मा धौलागिरी साहित्यिक प्रतिष्ठान स्थापना भएको थियो । यो प्रतिष्ठानमार्फ काजीले धेरैजनाको सालिक बनाइसकेका छन् ।
धौलागिरी मात्र होइन, देशका कैयौं प्रतिभाको यो थलोबाट सिर्जनाको मूल फुटेको छ । कुनै साहित्यिक प्रतिभा कुनै गाउँटोलमा जन्मिएको सुइँको पाए भने काजीकोमा खबर पुगिहाल्छ, कि प्रतिष्ठानले त्यस्तो पुस्तक छापिदिन्छ र ती प्रतिभालाई थप जाँगर भर्न दर्ुइ-चार पैसा बाटाखर्च पनि दिन्छ । यो प्रतिष्ठानबाट यसरी उनले कैयौं कृतिको अन्नप्रासन पनि गरिसकेका छन् र ती प्रतिभाहरू उनीप्रति अनुग्रहित पनि बनेका छन् ।
काजीले तुल्याएको पछिल्लो सालिक हो, 'हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान' । यो त्यही प्रतिष्ठानले छापेको पछिल्लो पुस्तक हो  । यसमा बागलुङको पैयूँपाटा गाविसका स्थानीय समाजसेवी एवं धार्मिका व्यक्तित्व हेमराज शर्मा पौडेलले आफ्नो जीवनकालमा गरेका कार्यको सँगालो र त्यसप्रति त्यस क्षेत्रका र उनलाई चिन्ने व्यक्तिहरूका विश्लेषणात्मक प्रतिक्रियाहरू समेटिएका योगदानहरूको सँगालो छ ।
पुस्तकमा उनले जिल्लामा केही दर्जन विद्यालय, कैयौं बाटाघाटा, मठ-मन्दिर, विद्याश्रम तथा निर्माण गरेका कैयौं समाजसेवाका कार्यहरू एवं योगदान समेटिएको छ ।
उनले समाजमा सामाजिक, आर्थिक क्रान्ति ल्याउन शिक्षाको ज्योति नै प्रमुख साधन हो भनेर विद्यालय खोल्ने र बालबालिकालाई विद्यालयमा ल्याउनका लागि आजभन्दा पचास वर्षघि नै चलाएको अभियान अहिलेको पुस्ताका लागि पनि अनुकरणीय छ । काजी भन्छन्, 'यस्तो सर्त्कर्मको बखान पनि मरिसकेपछि गाएर हुन्छ -' मानिसले आफैं सुन्न पाउनर्ुपर्छ भनेर नै ती सबै योगदानलाई जिउँदो छँदै प्रकाशमा ल्याइएको हो । उनको देहान्तपछि सडक छेउमा राखिने निर्जीव सालिक भन्दा यो पुस्तक अबको पुस्ताका लागि असीम प्रेरणा बन्न सक्छ ।
पुस्तकको समीक्षा गर्दै काजी भन्छन्, 'एकजना व्यक्तिले समाजमा गर्ने योगदानको हेमराज गुरुले गरेका यी कार्यको एउटा अब्बल दर्जाको उदाहरण हो, यो पुस्तक । हुन पनि हो, धुलाम्मे सडकको छेउमा धूलोले पुरिएको एउटा ढुंगाको उपेक्षित सालिकभन्दा अहिलेका युवाले यो पुस्तकबाट धेरै सिक्न सक्छन्, धेरै उत्प्रेरित हुन्छन् ।
मरेपछिको सालिकभन्दा जिउँदैको पुस्तकले मानिसको ज्ञानको आँखा खोल्न सक्छ । त्यो ज्ञानलाई ज्योतिर्मय बनाउन काजीहरूका मन- मस्तिष्कहरू त हरनिमेष हाजिर  नै छन् ।     
      

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी