© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १९
नेपालको एकमात्र फिरन्ते आदिवासी जाति राउटेको जीवनशैलीमा क्रमश परिवर्तन आउन थालेको छ । आफ्नो समुदायबाहेक अन्यत्र आफ्ना सामाजिक परम्परा नबताउने राउटेहरू आजभोलि सञ्चारकर्मीको क्यामरामा आफूलाई मात्र कैद गर्दैनन्, सञ्चारकर्मीले सोधेका कुरा सजिलै बताउँछन् ।
आमनागरिकहरू भन्दा बेग्लै पहिचान भएको समुदाय आफूलाई थाहा नै नहुने गरी परिवर्तनको संकेततर्फहाल उन्मुख भइरहँदा उनीहरूलाई स्वयं थाहा नभए पनि नजिकबाट राउटे संस्कृति र जनजीवनलाई अध्ययन गरिरहेका अध्ययनकर्ताहरूले भने यो महसुस गरिरहेका छन् ।
प्रायः नागरिकहरू जमघट भएको ठाउँमा आफूलाई केही सोध्छन् कि भनेर त्यति हेक्का नराख्ने राउटे समुदायका मानिसहरू पछिल्लो समयमा आएर यस्ता जमघट, गोष्ठी सेमिनारमा संयोगले भेटिएपछि चासो राखेर उपस्थित मात्र हुँदैनन्, आफ्ना बारेमा पनि केही गरिदिनसमेत आग्रह गर्छन्, आयोजकलाई ।
हाल नेपाल सरकारले दैलेख जिल्ला विकास समितिमार्फ राउटे समुदायका १५१ जना मानिसहरूलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । यसरी आफ्नो छाप्रो र अस्थायी बसोबास बनाउँदै आएको बस्तीमा प्रतिव्यक्ति एक हजार आउन थालेपछि उनीहरूलाई अझ सजिलो भएको छ , बजारमा पाइने आधुनिक किसिममा मालसामान, लत्ताकपडा, जुत्ताचप्पल र खाद्यन्न सामग्री खरिद गर्नमा ।
उनीहरू सडकमा भइरहेका अनेकौं चेतनामुखी नाटक,गोष्ठी र आमसभाहरूमा पनि चासो दिएर बस्ने गरेका छन् । प्रायः महिलाहरूलाई खुल्ला घुम्ने र बोल्ने स्वतन्त्रता नदिएको यो समुदायमा पछिल्लोपटक आएर उनीहरूको समुदायका महिलाहरू पनि यस्ता कार्यक्रममा सहभागी हुन थालेका छन् ।
आफूलाई जंगलको राजा मान्ने राउटे मध्य तथा सुदूरपश्चिमका जंगलमा सदियौंदेखि फिरन्ते जीवन बिताउँदै आएका छन् । यिनको संख्या त्यति धरै छैन, तर प्रकृत्रि्रेमी हुन्छन्, राउटे ।
जंगलमा पाइने काठबाट कोशी, मधुसजस्ता सामान बनाएर गाउँगाउँमा बेच्न लैजान्छन् भने नगद भन्दा पनि अन्नसँग साट्ने गर्छन् । उनीहरूको जिवीकोपार्जनको माध्यम पनि यही नै हो । प्रत्येक तीन-तीन महिनामा बस्ती सार्ने र एकचोटि बसेको बस्तीमा १२ वर्षम्म नफर्किने परम्परालाई पछयाउँदै आएका राउटे समुदायका व्यक्ति विगत तीन वर्षेखि दैलेखका विभिन्न ठाउँमा बस्दै आएका छन् ।
आफ्नै खाम्ची भाषा, जंगलभित्रको बास, समुदायबाट चुनिएको मुखियाबाट शासित यो समुदायका मानिसहरूको धर्म, संस्कृति हिन्दूपरम्परासँग मिले उनीहरू धर्म संस्कृतिलाई पनि कुल्चन चाहँदैनन् । ठकुरी जातिको रूपमा आफ्नो पहिचान पछयाउँदै आएको समुदायमा कल्याल, रास्कोटी र र्सर्ूयवंशी तीन थरीका ठकुरी जातिका मानिसहरू बिहेबारीको सम्बन्धमा पनि यहाँभित्र इष्टकुम्बको नातामा परिवन्धित भएको पाइन्छ ।
यो समुदाय अझै आफ्नो परम्परा कायम गर्न चाहन्छ । समुदायका मुखिया महिनबहादुर शाहीलाई आफ्नो समुदायका जनताले नपढेकै रमाइलो लाग्छ । पढे भने आफ्ना सन्तान पनि आम नागरिकका छोराछोरीजस्तै भएर हिँड्छन् भन्ने चिन्ता छ, उनलाई ।
आफ्नो अस्तित्व नास हुने चिन्ताले आफ्ना सन्तानलाई अक्षर चिनाउनु भन्दा काठ कसरी ताछिन्छ, कोशी मधुसजस्ता साधन कसरी बनाइन्छ भनेर सिकाउनु नै राम्रो हुन्छ भन्ने लाग्छ । भाबी सन्तानलाई प्राविधिक शिक्षा दिलाउनु आफ्नो दायित्व हो भन्छन, उनी ।
यस समुदायका महिलाहरूले पनि आम नेपाली महिलाहरूले जस्तै गृहिणीको महत्त्वपर्ूण्ा भूमिका निर्वाह गर्ने गरेका छन् । प्रायः पुरुषहरू घरबाहिरको काममा रमाउँछन् । जंगलमा पाइने गुना, बाँदरको सिकार गर्नु, काठका सामान बनाएर गाउँमा बेचेर अनाज ल्याउनुजस्ता काम पुरुषहरूको हो ।
राउटे समुदायको परिवर्तनको सुरुवातलाई हर्ेर्ने हो भने उनीहरूको आउँदो पिँढीले यो अभावयुक्त जंगली जीवनबाट मुक्ति पाउने संकेत देखिन्छ भने अर्को राउटे संस्कृति हाम्रा गहना हुन् भन्ने कुरा केवल सम्झनामा मात्र राख्न सकिन्छ ।
Comments0
Leave Comments