२०६७ - भद्र - १७ | 02, September 2010

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

मन प्रफुल्लित हुनुका साथै काममा प्रगति हुनेछ ।
पराक्रम बढ्नुका साथै काम बन्नेछ ।
साथी संगीबाट सहयोग मिल्नेछ ।
आफन्तको सहयोगमा काम बन्नेछ ।
मनोबल बढ्नुका साथै धन प्राप्त हुनेछ ।
अनावश्यक काममा खर्च बढ्ने छ ।
विपरीत लिंगीको सहयोग मिल्नेछ ।
मन अशान्त रहनेछ ।
इष्टमित्रसँग भेटघाट हुनेछ ।
आफन्तसँग मनमुटाव हुन सक्छ ।
विद्यामा मन जाने छैन ।
धन लाभको योग छ ।

बाँकी अंश

पर्ुनर्संरचनामा एमालेको मत विभाजित

राजधानी समाचारदाता
काठमाडौं, १८ माघ
राज्यको पर्ुनर्संरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदासम्बन्धी प्रतिवेदनमाथि संविधानसभाको बैठकमा सत्तारुढ दल एमाले सभासद्को मत विभाजित भएको छ ।  
एमालेका केही सभासद्ले समितिको बहुमतले पारित प्रतिवेदन उपयुक्त भएको बताए भने केहीले त्यसमा  संशोधन हुनुपर्ने
धारणा राखे ।
संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले भने समितिले आधिकारिक रूपमा पारित गरेको प्रतिवेदनको भावनाबमोजिम नैं राज्यको पुनर्संरचना गर्नुपर्ने सुझाव दिए ।
छलफलमा भाग लिँदै माओवादी सभासद् खड्गबहादुर विश्वकर्माले समितिको प्रतिवेदन परिवर्तन संस्थागत गर्नेतर्फउन्मुख रहेको तर्कसहित प्रतिवेदनको र्समर्थन गरे । उनले स्वशासन र स्वायत्तताको अधिकार दलित र
जनजातिमात्र नभै उत्पीडित जाति र क्षेत्रलाई पनि दिनुपर्ने धारणा राखे । उनले नेपालमा स्वायत्तताका लागि राजनीतिक आधार सबैभन्दा उपयुक्त आधार हुने बताए ।
विश्वकर्माले आत्मनिर्ण्र्ााो अधिकार नदिइएसम्म संघीयतामा जानुको कुनै अर्थ नहुने बताए । कांग्रेसका डा.रामशरण महतले समितिको प्रतिवेदन हल्का र सतही ढंगले आएको भन्दै त्यसले आफूहरूलाई निराश बनाएको बताए ।
समितिले चौध प्रदेश निर्माण गर्दा कुनै स्पष्ट आधारविना सीमांकन गरेको र जातीय आधारमा संघ विभाजन खतरनाक हुने उनको दाबी थियो । उनले समितिको प्रस्तावले राज्यमा जनताको समावेशीकरणको सट्टा बहिष्करण गर्नेसमेत दाबी गरे ।
एमाले सभासद् शंकर पोखरेलले राज्य पर्ुनर्संरचना गर्दा राजनीतिक नेताहरूभन्दा समाजशास्त्रीहरू हाबी हुनु दुःखद भएको
धारणा राखे ।
संविधानले राज्य पर्ुनर्संरचना आयोगमार्फ गर्ने भनी स्वीकारेको विषयमा समितिले निर्ण्र्ाालिनु गलत भएको उनको भनाइ थियो ।
तर, एमालेका डम्बरसिंह सम्बाहाम्फेले प्रतिवेदन उपयुक्त भएको तर्क गरेका थिए ।
लोकतान्त्रिक फोरमका सभासद् प्रमोदप्रसाद गुप्ताले अहिलेको संघीयताको मुद्दा मधेस आन्दोलनले ल्याएको भन्दै प्रतिवेदनमा मधेस स्वायत्त प्रदेश भनी आउनुपर्नेमा बेइमानी भएको आरोप लगाए ।
मधेसी जनअधिकार फोरमकी सरिताकुमारी साहले प्रतिवेदनले मधेसको मर्मलाई सम्बोधन गर्न नसकेको र एक मधेस एक प्रदेशको भावनाविपरीत आएको बताइन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी