२०६६ - फागुन - २७ | 11, March 2010

BREAKING NEWS :

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा

राशिफल

घरजग्गाको कारोबारबाट फाइदा हुने देखिँदैन ।
अध्ययन-अध्यापनबाट सफलता मिल्नेछ ।
मनोराजनात्मक गतिविधिमा रुचि बढ्नेछ ।
सरकारी कामबाट खासै जस पाइनेछैन ।
आम्दानीभन्दा खर्च धेरै हुने योग छ ।
मित्रमिलनको साथै अनावश्यक खर्चको योग छ ।
श्रीमान्-श्रीमतीबीच मनमुटाव नहोला भन्न सकिन्न ।
यात्राको अवसर मिले पनि रमाइलो लाग्नेछैन ।
पुराना साथीभाइसँग भेट हुने सम्भावना छ ।
अध्ययनमा मन जानेछ परिवारमा माया बढ्नेछ ।
घुमफिरमै दिन बित्नेछ अनावश्यक खर्च हुनेछ ।
धर्मकर्ममा मन जानुको साथै नयाँ साथी भेट हुनेछ ।

बाँकी अंश

इर्न्भर्टर आयातमा रोक, सौर्यऊर्जामा सहुलियत



पर्शुराम काफ्ले/राजधानी
काठमाडांैं, १८ माघ
भारतबाट आयात गरे पनि लोडसेडिङ घटाउन सक्ने अवस्था नभएपछि सरकारले विद्युत् बचाउन इर्न्भर्टर प्रयोगलाई निरुत्साहित गर्ने तयारी गरेको छ ।
इर्न्भर्टर 'चार्ज' बाट विद्युतीय भार बढ्दै गएपछि सरकारले यसको आयातमा चासो देखाउँदै निरुत्साहित गर्ने नीति लिएको हो । सरकारले यसका लागि सहरी क्षेत्रमा पनि सौर्यऊर्जा जडानमा सहुलियत दिने सोच बनाएको छ ।
'इर्न्भर्टरले बत्ती बाल्ने समयमा पनि धेरै बिजुली तान्ने भएकाले त्यसको असर आमरूपमा परिरहेको छ, त्यसैले इर्न्भर्टर प्रयोगलाई निरुत्साहित गर्न आयातमा रोक लगाउन खोजेका हौं,' ऊर्जामन्त्री डा.प्रकाशशरण महतले सोमबार राजधानीसँग भने ।
भारतबाट ३० मेघावाट विद्युत् आयात भएको भोलिपल्ट सोमबार ऊर्जा मन्त्रालयले इर्न्भर्टर प्रयोगलाई निरुत्साहित गर्ने मन्त्रीस्तरीय निर्ण्र्ाापनि गरेको छ ।
'इर्न्भर्टरलाई निरुत्साहित गरेर सौर्यऊर्जा जडानमा सहरी क्षेत्रमा पनि अनुदान दिन सकिने बारेमा छलफल गरिरहेका छौं,' ऊर्जामन्त्री महतले भने ।
ऊर्जा मन्त्रालयका सहसचिव अनुप उपाध्यायका अनुसार इर्न्भर्टरको प्रयोगले विद्युत् खपत प्रणालीमा खपत गरेको ऊर्जाको ६० प्रतिशत मात्रै दिनसक्छ । बाँकी ४० प्रतिशत ऊर्जाको उपयोग इर्न्भर्टरबाट नहुने उपाध्यायको भनाइ छ ।
स्रोतका अनुसार इर्न्भर्टरको बिक्री-वितरणमा रोक लगाउन सरकारले प्रयत्न गर्ने छैन । तर करको दायरा बढाएर इर्न्भर्टर प्रयोगलाई निरुत्साहित गर्न सक्नेछ ।
आपर्ूर्ति मन्त्रालयका प्रवक्ता गणेशप्रसाद ढकालले मन्त्रीस्तरीय निर्ण्र्ााो पत्र ऊर्जा मन्त्रालयबाट आइनसकेको तर, पत्र आए मन्त्रीस्तरीय निर्ण्र्ाााट कार्यान्वयन हुनसक्ने बताए । 'आधिकारिकरूपमा पत्र आएपछि छलफल गरेर निर्ण्र्ाागर्न सकिन्छ,' ढकालले राजधानीसँग भने, 'तर अहिलेसम्म आएको मेरो जानकारीमा छैन ।'
वाणिज्य मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ र नियमावली २०३४ अनुसार इर्न्भर्टरको आयातमा रोक लगाउन सक्नेछ । ऐन र नियमावलीले कुनै पनि वस्तुको आयात-निर्यात गर्ने अधिकार वाणिज्य तथा आपर्ूर्ति मन्त्रालयलाई दिएको छ ।
तर, इर्न्भर्टरलाई नै रोक लगाउने कुरा व्यावहारिक नहुने आपर्ूर्ति मन्त्रालयका एक वरिष्ठ अधिकारीले राजधानीलाई बताए । 'लोडसेडिङलाई प्रभावकारी बनाउनका लागि गरेको हुनसक्छ, तर यसरी लोडसेडिङ कन्ट्रोल गर्न सम्भव छैन,' ती अधिकारीले भने ।
यसैबीच, निर्धारित समयभन्दा ढिलाइ हुन सक्ने पर्ूवजानकारी दिए पनि नेपाल विद्युत् प्राधिकरणका वरिष्ठ अधिकारीको प्रयत्नपछि भारतबाट आइतबार मध्यरातमा ३० मेघावाट विद्युत् आयात भएको छ ।
भारतको रामनगर र कटैयाबाट आयात गरिएको विद्युत्ले हाल जारी लोडसेडिङमा कमी नआउने र दर्ुइ सातापछि लोडसेडिङको अवधि थपिने ऊर्जा मन्त्रालयले जनाएको छ ।
'भारतको रामनगर र कटैयाबाट १५/१५ मेघावाट विद्युत् आयात भएको छ, त्यसको मूल्य प्रतियुनिट भारु ६ रुपैयाँ ७० पैसा तिर्नुपर्नेछ,' ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता तथा सिनियर डिभिज्ानल इन्जिनियर दिनेशकुमार घिमिरेले सोमबार राजधानीसँग भने, 'यसले केही समयसम्मका लागि लोडसेडिङ थप्नुपर्ने बाध्यता भने टरेको छ ।'
नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ट्रेडिङ कम्पनी -पीटीसी)बीच भएको सम्झौताअनुसार आइतबार राति भारतको रामनगर र कटैयाबाट ३० मेघावाट विद्युत् नेपाल भित्रेको हो । 'भारतीय पक्षले केही दिन ढिलो हुनसक्छ भन्ने सूचना दिएको थियो, तर हामीले पहल गरेर निर्धारित
समयमै आयात गर्न सफल भयौं,' प्राधिकरणका एक अधिकारीले राजधानीलाई भने । प्राधिकरणको भार प्रेषण केन्द्रका निर्देश्ाक शेरसिंह भाटको पहलमा भारतबाट पर्ूवनिर्धारित समयमै विद्युत् आयात भएको हो ।
विद्युत् प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार दर्ुइ सातापछि लोडसेडिङ अवधि बढ्ने सम्भावना छ । 'सकेसम्म दिउँसोमा भइरहेको लोडसेडिङ अवधि थप्ोर राति घटाउने सोच बनाइरहेका छौं,' स्रोतले भन्यो ।
यसैबीच ऊर्जा मन्त्रालयले कुलेखानी पहिलो जलविद्युत् आयोजनाको एउटा युनिटको बिग्रिएको रोटर रोल मर्मत भएको तथा युनिट मर्मत गरेर सञ्चालनमा ल्याइने जनाएको छ ।
सोमबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता घिमिरेले देवीघाट जलविद्युत् आयोजनाको युनिट नम्बर-३ को मर्मतका लागि भन्सारसम्म सामान आइपुगेको, दुहबी मल्टिफ्युल र हेटौंडा डिजेल प्लान्ट मर्मतका लागि सप्लायर्ससँग स्पेयर पार्ट्स खरिदसम्बन्धी वार्ता भइरहेको बताए ।





Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी