© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २७ | 11, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - १८
खिला कार्की/राजधानी
काठमाडौं, १८ माघ
उच्चस्तरीय राजनीतिक संयन्त्रको एक घटक माओवादीले संयन्त्र बैठकमा पहिलोपटक सरकार परिवर्तनको प्रस्ताव राखेको छ ।
संयन्त्रमा सहभागी तीनै दलका नेताहरूले संयन्त्र गठन सरकार परिवर्तनका लागि नभएको स्पष्टोक्ति दिँदै आए पनि माओवादीले संयन्त्रको सोमबारको बैठकमा कार्यक्षेत्रभन्दा बाहिर गएर त्यस्तो प्रस्ताव राखेको हो । संयन्त्रको कार्यविधिमा संविधान निर्माण तथा शान्ति प्रक्रियामा सहयोग पुर्याउने उल्लेख छ ।
एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउन महत्त्वपर्ूण्ा भूमिका खेलेको दल कांग्रेसका सभापति एवं संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाले सरकार परिवर्तनसम्बन्धी माओवादी प्रस्तावलाई सांकेतिकरूपमा सहमति जनाएका छन् । कोइरालाको सांकेतिक सहमतिपछि नेपाल नेतृत्वको सरकारको आयुबारे बहस सुरु भएको छ ।
तर, उनकै पार्टर्ीीांग्रेसका पदाधिकारीहरूले भने संयन्त्र सरकार परिवर्तन गर्ने थलो नभएको बताउँदै बैठकमै माओवादी प्रस्तावको विरोध गरे । बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि र प्रवक्ता अर्जुननरसिंह केसीले सरकार परिवर्तनका लागि संस्थागत निर्ण्र्ाालिनर्ुपर्ने भनाइ राखेपछि थप छलफल हुन नसकेको बताइएको छ ।
स्रोतका अनुसार माओवादीले राजनीतिक गतिरोध अन्त्य गर्ने एउटा विकल्प राष्ट्रिय सहमतिको सरकार भएको बताउँदै सरकार परिवर्तनको प्रस्ताव राखेको थियो । माओवादीको यस्तो प्रस्ताव आएलगत्तै कोइरालाले सरकारको नेतृत्व गरेको दल भएकाले एमालेेले नै पहिला यससम्बन्धी निर्ण्र्ाालिनर्ुपर्ने बताएका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले केही दिनअघि मात्र कोइरालालाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । जवाफमा कोइरालाले दर्ुइ-तीन दिनपछि सोचेर निर्ण्र्ाादिने बताएका थिए । कोइरालाले यसबारे आधिकारिकरूपमा केही बोलेका छैनन् ।
तर, कोइरालापुत्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले भने कोइराला-प्रचण्ड भेटको दर्ुइ दिनपछि अबको सरकार कांग्रेस नेतृत्वको बताएर नेपाल नेतृत्वको सरकारको आयुबारे प्रश्न उठाइसकेकी छन् ।
कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले बैठकमा माओवादीले सरकार परिवर्तनको प्रयास औपचारिकरूपमै राखेको जानकारी दिए ।
Comments0
Leave Comments