© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २७ | 11, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - १८
दर्ुइ अवार्ड
लस एन्जलस/बीबीसी- संगीतको विश्वप्रसिद्ध ग्रामी अवार्डको ५२औं शृंखलामा पपस्टर बियोन्सीले सबैभन्दा बढी अर्थात् ६ वटा विद्यामा अवार्ड जितेकी छन् । उनी विभिन्न १० विधामा अवार्डका लागि मनोनीत भएकी थिइन् । यस वर्षो र्सवश्रेष्ठ गीतको ग्रामी अवार्ड पनि बियोन्सको गीत \'पुट अ रिङ अन इट...\'ले प्राप्त गर्यो । सो क्रममा द ब्ल्याक आइड पिज, टेलर स्विफ्टले तीन-तीन विधामा ग्रामी अवार्ड पाए । त्यस्तै, लेडी गा गा, किङ्स अफ लियोन, जो जी र एमिनेमले दर्ुइ-दर्ुइ विद्यामा सो अवार्ड पाए । यो अवार्ड एक सय नौ विधामा प्रदान गरिन्छ ।
सोही क्रममा भारतका चर्चित संगीतकार ए आउर रहमानले दर्ुइवटा विधामा ग्रामी अवार्ड जिते । फिल्म \'स्लमडग मिलेनियर\'बाट उनले दर्ुइवटा ग्रामी अवार्ड जितेका हुन् ।
आइतबार राति अमेरिकाको लस एन्जलसमा आयोजित ५२औं ग्रामी अवार्ड समारोहमा रहमानले स्लमडग मिलेनियरको \'जय हो...\' गीतबाट र्सवश्रेष्ठ साउन्ड ट्रयाक र र्सवश्रेष्ठ फिल्मी गीतको अवार्ड जितेका हुन् । ब्रुस स्पिङ्सटनको चर्चित गीत \'द रेसलर...\' र बियोन्सको चर्चित गीत \'वान्स इन ए लाइफ टाइम...\'लाई पछि पार्दै लहमानको \'जय हो...\' गीतले र्सवश्रेष्ठ मोसन फिल्मी गीतको विधामा ग्रामी अवार्ड जितेको हो । डेनी बोयलको फिल्म स्लमडग मिलेनियरको यो गीत अहिले पनि त्यत्तिकै लोकप्रिय छ ।
रहमानले गत वर्षयही फिल्मको उत्कृष्ठ संगीत र गीतमा दर्ुइवटा ओस्कर अवार्ड जितेका थिए । यही गीतबाट उनले गोल्डेन ग्लोब अवार्ड पनि प्राप्त गरेका थिए । यो गीत रहमानले सुखबिन्दर सिंह, तान्वी शाह, महालक्ष्मी ऐयर र विजय प्रकाशसँग गायका हुन् ।
Comments0
Leave Comments