© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २६ | 10, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफलबाँकी अंश
२०६६ - माघ - १८
ल डब्बु क्षेत्री/राजधानी
काठमाडौं- भाषा अलग हुन्छ । नाम पनि फरक हुन्छ । हलमा हर्ेन गयो । फिल्म एउटै हुन्छ । हो, एउटै फिल्म फरक-फरक भाषामा बनेपछि कतिपय दर्शकहरू झुक्किने गरेका छन् । तैपनि, दर्ुइ भाषामा सिनेमा बन्ने क्रम फस्टाएको छ ।
यसैक्रममा एउटै सिनेमा नेपाली र भोजपुरी गरी दर्ुइ भाषामा बनाउन थालिएको छ । यी दर्ुइ भाषामा बनेका सिनेमाले दुवैतर्फराम्रो व्यापार गरेको सम्बन्धित निर्माताको दाबी छ । त्यसैले, एकै सिनेमालाई नेपाली र भोजपुरी भाषामा बनाउने कार्यले तीव्रता पाएको पनि उनीहरूले बताए ।
यस्तै, सानु शाक्य निर्देशित नेपाली चलचित्र \'रक्षक\' भोजपुरी भाषामा पनि तयार गरियो । यसको नाम भोजपुरीमा \'जञ्जिर\' राखियो । एउटै सिनेमा दर्ुइ भाषामा निर्माण गर्नुको कारणबारे निर्देशक शाक्यले राजधानीसँग भने, \'यसो गर्दा खर्च कम पर्न जान्छ, एउटा सिनेमामा पूरा खर्च लागे पनि अर्कोमा भने संगीत, स्वरांकन र प्रिन्टिङमा मात्र लगानी गरे पुग्छ ।\' त्यसैले, एउटै फिल्म नेपाली र भोजपुरी भाषामा बनाउने क्रम बढेको पनि उनले स्पष्ट पारे ।
राजेश हमाल, विराज भट्ट, रेखा थापा आदि अभिनित रक्षकको रिलिज मोफसलका विभिन्न सहरमा गत तिहारमा गरिएको थियो । सोही फिल्ममो भोजपुरी संस्करण जञ्जिरको रिलिज पनि सोही समय तर्राईका केही जिल्ला र बिहार एवं उत्तर प्रदेशमा गरियो । \'रक्षक र जञ्जिर दुवैले राम्रो व्यापार गरे, जञ्जिरको राम्रो व्यापारकै कारण त्यो फिल्मका वितरक डा. सुनिलले नयाँ फिल्म दामिनी निर्माणमा सुरु गरेका छन्,\' निर्देशक शाक्यले भने । दामिनीको निर्देशन पनि शाक्यले नै गरिरहेका छन् । दामिनीलाई पनि नेपालीमा बनाउने योजना उनले सुनाए ।
यस्तै, दर्ुइ वर्षघि मनोज नारायणको निर्देशनमा एउटै सिनेमा नेपाली र भोजपुरीसहित दर्ुइ भाषामा बनेको थियो । जसमा सानु शाक्य भने मुख्य सहायक निर्देशक थिए ।
श्वेता तिवारी, निखिल उप्रेती, उषा पौडेल, रमेश बुढाथोकी आदि अभिनित सो फिल्मको नेपाली संस्करणको नाम \'त्रिनेत्र\' र भोजपुरी संस्करणको नाम \'सबसे बडा रुपैयाँ\' राखिएको थियो ।
भारतको बिहार, उत्तर प्रदेश, उत्तराञ्चल आदि राज्यमा सबसे बडा रुपैयाँ रिलिज भएको थियो । त्रिनेत्र भने नेपालमा रिलिज गरियो । त्रिनेत्रले नेपालमा ठीकै व्यापार गरे पनि सोही सिनेमाको भोजपुरी संस्करण सबसे बडा रुपैयाँले भारतमा राम्रो व्यापार गरेको पनि शाक्यले जानकारी गराए । भारतमा राम्रो व्यापार गरेपछि तर्राईमा पनि सबसे बडा रुपैयाँ रिलिज गरियो । त्रिनेत्र नचलेको तर्राईमा सो भोजपुरी फिल्मले भने राम्रो व्यापार गरेको उनले जनाए ।
यसअघि पनि शेखर कोइराला र नन्दु श्रीवास्तवले एक-एकवटा सिनेमा नेपाली र भोजपुरी दुवै भाषामा निर्माण गरे । कोइरालाले नेपालीमा बनाएको सिनेमालाई भोजपुरीमा स्वरांकन गरेर दर्शकमाझ ल्याएका थिए । श्रीवास्तवले भने भोजपुरीमा बनेको फिल्मलाई नेपालीमा स्वरांकन गरेर रिलिज गरेका थिए । दुवै फिल्मले राम्रो व्यापार गर्न सकेन ।
यस्तै थप दर्ुइवटा सिनेमा अब नेपाली र भोजपुरी भाषामा हर्ेन पाइने भएको छ । ती दर्ुइमध्य एक हो, दीपक अधिकारी र
लीलाधर न्यौपानेले बनाएको \'शक्तिमान्\' । लामो सयमदेखि मुर्म्बईमा बस्दै आएका यी दर्ुइ निर्माताले सोही फिल्मलाई भोजपुरी भाषामा पनि निर्माण गरिरहेका छन् । निर्मल केसीले निर्देशन गरेको सो सिनेमाको नेपाली संस्करणको नाम \'शक्तिमान\' र भोजपुरी संस्करणको नाम \'जाँवाज जिगरवाला\' भएको यसका खलपात्र पुष्कर भट्टले जानकारी गराए । यो सिनेमाको छायांकन पूरा भइसकेको छ ।
शक्तिमान्मा नेपालका तर्फाट विराज भट्ट, पुजना प्रधान, पुष्कर भट्ट, निर्माता लीलाधर न्यौपाने स्वयंले अभिनय गरेका छन् । बलिउडकी नायिका सोनाली जोशी, भोजपुरी स्टार विनय आनन्दको पनि अभिनय रहेको छ ।
गत वर्षबनेको भोजपुरी फिल्म \'लगल रह ए राजाजी\'को निर्देशन राजकुमार पाण्डेले गरेका थिए । यही सिनेमा नेपालीमा पनि बनेको छ । जसको नाम \'लागिपर है माया पाउनलाई\' राखिएको छ । नेपाली संस्करणको निर्देशन रामकान्त प्रसाले गरेका हुन् । यो सिनेमामा नेपाली र भोजपुरी दुवै भाषी कलाकार राखिएको छ । जसमा विराज भट्ट, दिनेशलाल यादव, राजनी चर्टर्जी, स्विटी आदिले अभियन गरेका थिए ।
यो सिनेमाको भोजपुरी संस्करणका सहदिर्नेशक तथा नेपाली संस्करणको प्राविधिक निर्देशक पुर्र्णोन्दु झाका अनुसार \'लगल रह ए राजाजी\' भारतका विभिन्न राज्यमा हिट भएको छ । \'पर््रदर्शनको तयारीमा रहेको यसको नेपाली संस्करण लागि पर है माया पाउनलाई पनि सफल हुनेमा हामी आशावादी छौं,\' झाले राजधानीसँग भने । नेपाली संस्करणको निर्माण खर्च भने जम्मा १३ लाख रुपैयाँ लागेको पनि झाले जानकारी गराए । सोही कारण नेपालीमा बनेको यो फिल्मले प्रशस्त नाफा कमाउने आशा आफूहरूले लिएको उनको कथन छ ।
नेपालमै ब्यानर दर्ता गरेर एउटै फिल्म नेपाली र भोजपुरीमा बनाउँदा दुवै भाषाको फिल्म पर््रदर्शनको क्रममा चलचित्र विकास शुल्क लाग्दैन । एउटा फिल्मको लागतमा १० देखि १५ लाख रुपैयाँ थप्दा अर्को भाषामा पनि सिनेमा तयार हुन्छ । सोही कारण नेपाली र भोजपुरी दुवै भाषामा सिनेमा बनाइएको नायक तथा निर्माता कल्याण घिमिरेले बताए । थुप्रै नेपाली र भोजपुरी फिल्ममा नायक भइसकेका घिमिरे यतिबेला नेपाली र भोजपुरी दर्ुइ भाषामा नयाँ सिनेमा बनाउने तयारीमा छन् ।
Comments0
Leave Comments