© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १८
काठमाडौं/रास- पर्ूर्वी पहाडी क्षेत्रको नयाँ पर्यटकीय गन्तव्यस्थल संखुवासभाको चैनपुर बजारमा २८ माघदेखि चैनपुर महोत्सव हुने भएको छ । स्थानीय उत्पादनको पर््रदर्शनी एवं नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान गराउने उद्देश्यले हुन लागेको सो महोत्सव विविध स्थानीय संस्थाको सहकार्यमा संखुवासभा उद्योग वाणिज्य संघले गर्न लागेको हो ।
स्थानीय घरेलु उद्योगहरूबाट उत्पादित हस्तकलाका सामान एवं कृषिजन्य वस्तुहरूको पर््रदर्शनी महोत्सवको मुख्य आकर्षाका रूपमा रहेको आयोजक संस्था उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सव आगामी १ फागुनसम्म चल्ने आयोजकले बताएका छन् । महोत्सवका बारेमा जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक समिति काठमाडौंका सचिव भरत शाक्यले तीन दिनसम्म चल्ने सो महोत्सवमा पाँच करोडको आर्थिक करोबार हुने अपेक्षा गरिएको बताए ।
सो कार्यक्रममा चैनपुर महोत्सव-२०६६ आयोजक मूल समारोह समिति काठमाडौंका संयोजक किरणकुरमार श्रेष्ठले संखुवासभाको चैनपुरलगायत अन्य नयाँ गन्तव्यस्थलहरूमा 'होम स्टे' कार्यक्रम विस्तार गर्दै जाने महोत्सवको विशेषता रहेको बताए । पहाडी क्षेत्रमा हुने गरेका अन्य महोत्सव एवं मेलाभन्दा यो धेरै ठूलो हुने दाबी उनले गरे ।
Comments0
Leave Comments