© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १८
एजेन्सी
कोलोम्बो, १८ माघ
श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेले सोमबार एक दर्जन बरिष्ठ सैनिक अधिकारीहरूलाई बर्खास्त गरेका छन् ।
बर्खास्तगीमा परेका सैनिक अधिकारीलाई गत साताको निर्वाचनपछि प्रतिरक्षा मन्त्रालयले 'राष्ट्रिय सुरक्षाका प्रत्यक्ष खतरा' भनेको थियो ।
एकजना सैनिक अधिकारीले यो घटनालाई श्रीलंकाली इतिहासकै सबैभन्दा ठूलो पजनी भनेको छ । यसले सन् १९६२ मा तात्कालीन प्रधानमन्त्री सिरिमा बन्दरानाइकेविरुद्ध स्वयमसेवक अधिकारीहरूले गरेको व्रि्रोहप्रयासपछिको पजनीलाई पनि उछिनेको छ ।
एकजना सैनिक अधिकारीले यो घटनालाई श्रीलंकाली इतिहासकै सबैभन्दा ठूलो पजनी भनेको छ । यसले सन् १९६२ मा तात्कालीन प्रधानमन्त्री सिरिमा बन्दरानाइकेविरुद्ध स्वयमसेवक अधिकारीहरूले गरेको व्रि्रोहप्रयासपछिको पजनीलाई पनि उछिनेको छ ।
'हामीले अहिले सेनामा हालसम्मकै सबैभन्दा ठूलो बर्खास्तगी देख्यौं' नाम उल्लेख नगर्न आग्रह गरेका एकजना बरिष्ठ अधिकारीले भने 'यो पजनीसँगै थुप्रै उच्च पदहरूमा आमूल परिवर्तन भएको छ ।'
राष्ट्रपति महिन्दा राजापाक्षेले पराजित उम्मेदवार एवं पर्ूव सेनाप्रमुख सरथ फोन्सेका चुनावमा पराजित भएपछि उनले आफ्नो हत्या गर्ने प्रयास गरेको दाबी गर्दै आएका छन् । फोन्सेकाले पनि सरकारले आफूलाई सिध्याउन चाहेको दाबी गरिरहेका छन् ।
गत बुधबार निर्वाचन परिणाम र्सार्वजनिक हुँदा सेनाले फोन्सेकालाई कब्जामा राखेको थियो । फोन्सेकाको पक्षमा काम गरिरहेका १५ जना पर्ूव सैनिकअधिकारीहरूलाई पछि पक्राउ गरिएको थियो ।
ती सैनिक अधिकारीले तीनजना मेजर जनरल सहित १२ जना बरिष्ठ अधिकारी पजनीमा परेको बताए । उनीहरूलाई फेन्सेका र्समर्थकबाट हुनसक्ने व्रि्रोह प्रयास रोक्न बर्खास्त गरिएको पनि उनले बताए ।
प्रतिरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी संख्या उल्लेख नगरीकनै 'राष्ट्रिय सुरक्षाका लागि खतराको रुपमा देखिएका' केही सैनिक अधिकारीलाई अनिवार्य अवकास लिन लगाएको बताएको छ । मन्त्रालयले ती अधिकारीहरूले राजनीतिमा लागेर सैनिक अनुशासन उल्लंघन गरेको पनि मन्त्रालयले बताएको छ ।
गतवर्षमेमा पृथकतावादी तमिल व्रि्रोह दबाउने संर्घष्ामा राजापाक्षे र फोन्सेका निकट सहयोगी थिए । तमिल व्रि्रोहीमाथिको जितपछि उनीहरू आपसी सत्रुको रुपमा देखापरे र राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरे । राजापाक्षेले सप्ताहान्तमा थुपै्र सैनिक अधिकारीहरूलाई सरुवा र आफ्नो प्रशासनप्रति बफादारलाई बढुवासमेत गरेको प्राप्त समाचारमा छ ।
फोन्सेकाले सोमबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाको मध्यम र उपल्लो तहमा आफूप्रति बफादार धेरै मानिस देखेर अचम्भित भएको बताएका छन् । उनले राजापाक्षेमाथि सेनाको राजनीतिकरण गरेको र आफ्ना पार्टर्ीीमर्थकलाई निरुत्साहित गरेको आरोप पनि उनले लगाए ।
'मलाई चुनावमा सहयोग गर्ने अवकासप्राप्त सनिक अधिकारीलाई पनि हिरासतमा लिइएको छ, उनीहरू कहाँ छन् कसैलाई थाहा छैन' फोन्सेकाले भने । फोन्सेकाले आफ्नो दललाई चुनावी परिणामलाई चुनौति दिने प्रमाण जुटाउनबाट रोक्न आफ्नो कार्यालयलाई निशाना बनाइएको पनि बताए ।
Comments0
Leave Comments