© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - भद्र - १७ | 02, September 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १८
राजधानीे संवाददाता
नेपालगन्ज, १८ माघ
नेपालगन्जको धम्बोझीस्थित एभरेस्ट उच्च माविमा अध्यनरत दर्ुइ विद्यार्थीमाथि सोमबार बिहान विद्यालय हाताभित्रै खुकुरी प्रहार गरिएको छ ।
बाँकेको कारकाँदो-५ निवासी विजय पाठक र मंगल थापालाई खुकुरी प्रहार गर्ने कुनै सशस्त्र समूह पनि होइन ।
उनीहरूकै सहपाठी नेपालगन्ज-५ का रोहित केसी र धनबहादुर विक हुन् ।
केसी र विकलाई गैरविद्यार्थी नेपालगन्ज-२ का सुरज परियार र प्रताप क्षेत्रीले साथ दिएका थिए । उनीहरूले पाठकको टाउकोमा खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाइते पाठकलाई उपचारका लागि भारतको लखनऊ लगिएको छ ।
खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन ।
खुकुरी प्रहार गर्ने समूहका केसी, विक, परियार र क्षेत्री घटनालगत्तै फरार भएका छन् ।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताए ।
खुकुरी प्रहार गर्ने समूहका केसी र विक सोही उच्चमाविकै विद्यार्थी भएको
बैदवारले बताए ।
Comments0
Leave Comments