© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २८ | 12, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| ३०.०० | ८.०० | - |
राशिफलबाँकी अंश
२०६६ - माघ - १८
पशुपतिनाथले सबैको कल्याण गरून् भन्ने वाक्य पञ्चायतकालका अधिपतिदेखि लिएर गणतन्त्रका होनहारहरूले निर्वाध प्रयोग गरेको लेख्नमा कुनै प्रमाणको आवश्यकता पर्दैन । धर्म मान्नेहरूका लागि मात्र नभई, नमान्नेहरूका लागि पनि देश चिनाउने एउटा महत्वपर्ूण्ा बिम्ब नै हुन पशुपतिनाथ भन्दा अतिशयोक्ति हुन्न । महादेव, शिव, शंकर, रुद्र, किरातेश्वर, भोले बाबा प्रलयंकारी, अभयंकारी आदि जस्ता अनेकौ नामले चिनिने त्रिशूलधारी पशुपतिनाथको नामले पनि हिन्दू धर्माबलम्बीहरू माझ दिगदिगन्तसम्म चिनिनुहुन्छ । उत्तर भारतको काश्मिरदेखि कन्याकुमारीसम्म पर्ूर्वी भारतको अरुणाञ्चलदेखि गजरातसम्मका श्रद्धालुका साथै विश्वका तमाम देशका श्रद्धालुहरू पशुपतिनाथको दर्शन हेतु नेपाल आउने गर्छन् ।
शिवको अर्थ नै कल्याण हुन्छ, ती परम कल्याणकारी शिव सदा सबैको कल्याण गर्नुहुन्छ, तर पशुपतिनाथको रूपमा नेपालमा विराजमान शिव अरूको कल्याण गर्दागर्दै अब आफ्नै कल्याण गरिदिनेको पर्खाईमा रहेको हर्ेदा मन वितृष्णाले भरिन्छ । धर्मका ठेकेदार माफिया र राजनीति तन्त्रको पासोमा सबैलाई \'पास\' बाट मुक्ति दिने मुक्तिदाता स्वयं बाँधिन पुग्नुभएको छ । माओवादीको तात्कालीन सरकारले पशुपतिनाथको पूजारी फर्ेन राखेको मनशापमा इतिहासमा कहिल्यै नभएको घटना हुन पुग्यो । र्सवत्र माओवादी सरकारको आलोचना भयो । प्रधानमन्त्री स्वयंले चालिएको कदम फिर्ता लिइएको घोषणा गर्नुपर्यो । धर्मप्रति माओवादीहरूको दृष्टिकोमा त्यसबेलादेखि शंका गर्न थालियो । हुन त माओवादीले गर्न खोजेको काम पूणरुपेण जायज थियो तर त्यसको क्रियान्वयनमा भने गल्ती भएको हो ।
त्यो एउटा प्रयास अथवा गल्तीले गर्दा माओवादीहरूप्रति सशंकित हुने समूहलाई इतिहासको एउटा पाना पल्र्टाई हर्ेन अनुरोध छ ।एकपटक नेपाली कांग्रेसका उज्वलतम् नक्षेत्र वीपी कोइरालाले पशुपतिनाथको मन्दिरलाई \'म्युजियम\'बनाउनर्ुपर्छ भन्नुभएको थियो । आफू इतिहासको विद्यार्थी नभएकाले यसको स्थिति, मिति र स्थानबारे ज्ञान छैन । यस भनाइपछि उहाँको राष्ट्रव्यापी रूपमा आलोचना भएपछि उहाँले पनि प्रचण्डले झैं पाइलापछाडि सार्नु भएको थियो । दुबैलाई यदि धार्मिक अपराधका रूपमा लिने हो भने निश्चय पनि वीपी कोइरालाप्रति सम्पर्ूण्ा कांग्रेस पार्टर्ीीति कसैले सशंकित दृष्टि राखेन र राखेको पनि छैन । यदि एकजनालाई धार्मिक सहिष्णुताले क्षमादान दिन्छ भने अर्कोलाई क्षमा गर्न किन परहेज -
कम्युनिष्ट वा माओवादीहरूलाई नास्तिक भन्नेहरूसँग यो पक्तिकारको किंचित पनि सहमति छैन । आस्तिकहरू परमात्माको \'छ\' रूपमा आस्था राख्छन् भने नास्तिकहरू उसको \'छैन\' रूपमा विश्वास गर्छन् । आखिर त परमात्मा \'छ\' र \'छैन\' दुबै नै हो । म जोगी वेद, उपनिषद्, वेदान्तमा निष्ठा राख्छु, कम्युनिष्ट मित्रहरू उत्तिकै मार्क्सवाद, \'रेडबुक\'मा निष्ठा राख्छन् । मेरालागि राम, कृष्ण, बुद्ध, आदर्श हुन् भने उनीहरूका लागि मार्क्स, लेलिन, माओ आदर्श हुन् । धार्मिक माफियाहरूका लागि त \'म\' पनि नास्तिक हूँ बुद्ध पनि नास्तिक हुन्, दयानन्द पनि नास्तिक नै हुन् । किनकि यिनीहरूले उनीहरूको जालो तोडे, व्यापारमा बाधा पुर्याए अनि त भएनन् उनीहरूको स्वार्थमा व्यावधान पुर्याउनेहरू नास्तिक -
पशुपतिनाथको दुगर्तिको मूल कारण पशुपति विकासकोष रहेको छ । पञ्चायत कालका अधिपतिहरूले सामाजिक, धार्मिक, सम्मान एवं कमाउने थलोको रूपमा यसको प्रयोग गरे भने, त्यसपछिका परिवर्तनका संवाहकहरूले आफ्नो कार्यकर्ता पोस्न यसको दुरुपयोग गरिरहेका छन् । अस्ति भर्खरै त्यहाँ नियुक्ति पाएका एकजना सदस्य गर्वले मनिरहेका थिए, \'अर्ढाई सय जनालाई उछिनेर पाएको हुँ मैले यो नियुक्ति, हेर्नोस् त नियुक्ति पाउने बेलामा जो पनि कांग्रेस भएर आइदिन्छन् । यति नियुक्ति पाउनका लागि नेताहरूकहाँ धाएको हँु ,मैले । बल्ल यो नियुक्तिले पार्टर्ीीे लागि मैले गरेको त्यागको मुल्याङ्कन भएको छ ।\'
यस्ता नियुक्ति पाउने पदाधिकारीहरूबाट पशुपतिनाथको कल्याण हुन सम्भव छ र - सतीदेवीको लास बोकेर हिंडेका शिवजीले लाशका अंग-प्रत्यंग पतन भइ झरेपछि बल्ल लाशबाट मुक्ति पाउनुभयो, पशुपतिनाथको काँधमा हालिएको पशुपति विकास कोषको गन्हाउने शरीरबाट उनले कहिले मुक्ति पाउने हुन् यो भने हर्ेन बाँकी नै छ ।
पशुपतिनाथ पूजारी विवाद हुँदा एकजना विद्वानले भनेको सुनेको थिएँ, शुक्ल यजर्ुवेदीय ब्राम्हण र कृष्ण यजर्ुर्वेदीय ब्राम्हणको भेदबारे । अब उनी विद्वानलाई कसले र कसरी बुझाउने हो धर्म प्रवर डा. साहेव महाभारत युद्धपछि कुनै पनि रगत मिश्रति नभएको छैन र ब्राम्हण जन्मेर हुँदैन भनने उपनिषदीय सार के पढ्नु भएको छैन - जन्मले सबै शूद्र हुन्, ब्राम्हण पनि शूद्र नै हो । कर्मले शूद्रताभन्दा माथि उठी वैश्य हुन्छन् सबै मानिस । शूद्रको सोच र चिन्तन आफ्नो पेट भर्नमा मात्रै सीमित हुन्छ । ३/४/५ वर्षम्मको केटाकेटीहरूका लागि पनि आफ्नो पेट भर्नु नै एकमात्र चाहना र लक्ष्य हुन्छ । त्यसपछि विस्तारै ऊ वैश्यमा उक्लिन्छ, आफ्नो र आफ्नो परिवारको स्वार्थमा केन्द्रित हुन्छ, यही हो वैश्यको यथार्थ निरूपण । वैश्यगिरीले मनग्गे पुगेपछि मात्र उसमा क्षेत्रिय गुण आउने सम्भावना जन्मिन्छ । अहिलेको पश्चिमी समाज, वैश्यको पराकाष्ठामा पुगेको छ । र, क्षेत्रिय सोपानमा प्रवेश गरिरहेको छ । क्षेत्रियले आफ्नो परिवारको मात्र होइन, छरछिमेक, गाँउ, नगर, देशमा न्याय दिलाउने र रक्षा गर्ने दायित्व वहन गर्छ । पश्चिमा केही देशहरू मात्र अहिले क्षेत्रित्वमा पुगेका छन् । र, क्षेत्रियको पराकाष्ठामा ब्राम्हणत्वको पुण्य फक्रिन्छ । ब्रम्हलाई नजानेसम्म कोही ब्राम्हण हुँदैन । पशुपतिका मूल भट्ट उपनिषदका व्याख्याले ब्राम्हण होइनन् । मात्र तलबधारी कामदार हुन्, पूजारी हुन् । र, रहृयो अर्कोतर्फपशुपतिको पूजाआजा तान्त्रिक विधिले सम्पन्न गर्नुपर्दछ र त्यसका लागि नेपालमा कोही उपयुक्त पात्र छैन ।
पंक्तिकार यस विषयमा मूल भट्टसँग शास्त्रार्थ गर्न तयार छ, उनले कुने तन्त्रको प्रयोग गर्छ्रन् पूजामा, कुन, कुन तन्त्र उनले सिद्ध गरेका छन् र उनकै मातृभूमि महाराष्ट्र अथवा केरलको कुन, कुन मन्दिरमा तन्त्र अहिले जीवित छ । सामान्य मानिस तन्त्रको नाम सुन्नासाथ दर्ुइ पाइला पछाडि र्सछ र यसै भयले चलिरहेछ हिन्दू धर्मभित्र तन्त्रको नाममा पाखण्ड । भगवान् भावका भोका हुन्छन् । भगवान्को पूजा गर्ने विधिविधान त देवषिर् नारदले सम्म थाहा छैन भनी भगवानसँग विन्ती गर्छन् र हाम्रा पूजारी भट्ट पण्डितले विधिको आडमा भगवानकै शोषण गर्छन् । श्रद्धालुले पशुपतिनाथलाई चढाएको भेटीबाट ड्युटीमा रहेका भट्ट भण्डारीहरूले रुपैयाँ झिकेर खल्तीमा राखेपछिमात्र पुष्प पशुपतिनाथलाई देखाएको दृश्य हामी सबैले देखेका छौं । र, अर्को एउटा प्रासंगिक कुरा, \'प्रवेश हिन्दूहरूका लागि मात्र\' भनी परम कल्याणकारी शिवलाई साँघुरो घेरामा कैद गर्नुको के औचित्य - डा. साहवे, मुल भण्डारीलगायत विद्वान्हरूबाट यस प्रश्नको जवाफ दिनु आवश्यक छ । कुन शास्त्रमा यस्तो निषेध लाउनु भनिएको छ । यी पाखण्डीहरूले शिवपुरी बाबालाई सम्म मन्दिर प्रवेश गर्न नदिएको आजको युवा पुस्तालाई थाहा पनि छैन होला । यो ढोङ र पाखण्डको परम निन्दनीय रूप हो जसले जीवित शिवपुरी बाबालाई वस्तुमा बिम्बित शिव पशुपतिनाथको दर्शन गर्न निषेध गर्यो । युवापुस्ताले नै यसको न्याय गरोस्, शिवपुरी बाबाको दोष म्लेच्छ देश -हिन्दु कट्टरपन्थीले समुद्रपारिका अन्य धर्मावलम्बी देशहरूलाई दिइएको सम्बोधनको भ्रमण गर्नु रहेको थियो, यसै कारणले उनलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न बन्देज लगाइयो ।
पशुपतिनाथको जीर्णोद्धार गर्न सरकार यदि साँच्चीकै उत्सुक छ भने विकासकोष तुरुन्त खारेज गरिनर्ुपर्छ । त्यहाँ भएका कर्मचारीहरूलाई अन्य स्थानमा पदस्थापना गर्नुपदर्छ । पशुपतिनाथमा तलबभोगी कर्मचारी होइन स्वेच्छाले प्रेरित भई आएका धर्म सेवकहरूलाई -वेतनरहित) सेवा गर्ने अवसर दिइनर्ुपर्छ । काठमाडौ जिल्लाको सीडीओ, एसएसपी सम्मिलित एउटा तदर्थ समिति गठन गरेर ट्रष्ट बनाउने जिम्मा दिइनु उत्तम हुनेछ । पशुपतिनाथको उद्धार गर्न कल्पनाजीवी, स्वप्नजीवीहरूको खाँचो छ । त्यस्ता व्यक्ति देशमा नभएका होइनन् । अब कृपया, पशुपतिनाथको कल्याण गर्नुहोस् ।
मष्खष्लष्तथअबििकथयग२gmबष्।अिom
Comments0
Leave Comments