© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६७ - श्रावन - १४ | 30, July 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि माओवादी र कांगे्रस दुवै दललाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
उनले शान्ति स्थापना र संविधान निर्माणजस्ता राष्ट्रिय मुद्दालाई निष्कर्षा पुर्याउन राष्ट्रिय सहमतिको खाँचो भएकाले एमाले राष्ट्रिय सहमतिबाट बन्ने उम्मेदवारलाई सघाउन तयार भएकोसमेत बताए ।
एमालेनिकट युवा संघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा खनालले कांग्रेस र माओवादीले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिए राष्ट्रिय सहमतिको नयाँ आधार तयार हुन सजिलो हुने दाबी गरे ।
'फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरे मुलुकको समस्या समाधानमा कुनै उपलब्धि हँुदैन, त्यो दर्ुभाग्य हुनेछ,' उनले भने, 'संविधान निर्माण गर्न बाँकी दस महिना पुनः त्यत्तिकै खेर जानेछ ।'
मोरङ्ग, १० साउन ताप्लेजुङमा आइतबार भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
दाङ, १० साउन अज्ञात समूहको गोलीप्रहारबाट मारिएको सञ्चार उद्यमी देविप्रसाद धिताल ‘हिमाल’ को हत्याको छानविन गर्न राजधानीबाट आएको सुरक्षा निकायको उच्चस्तरीय टोलीले छानविन प्रक्रियालाई तिव्र बनाएको छ ।
हिमालपारिको जिल्ला मनाङका सरकारी कार्यालयहरु अहिले प्रमुख तथा कर्मचारी बिहीन बनेकाछन् ।
चालु आर्थिकवर्षको शुरुवातसंगै विभिन्न कारण देखाउँदै कार्यालय प्रमुख तथा कर्मचारीहरुले जिल्ला छाडेपछि सेवाग्राहीहरु मर्कामा परेकाछन् ।
मनाङमा जिल्ला विकास समिति, जिल्ला अदालत, जिल्ला शिक्षा कार्यालय, जिल्ला बन कार्यालय, जिल्ला आयुर्वेद, महिला विकास कार्यालय, पशु सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रण लगायतका कार्यालयहरु यतिवेला कार्यालय प्रमुख एवं कर्मचारी बिहीन बनेका हुन् ।
संविधानसभाका उपाध्यक्ष पर्ूण्ाकुमारी सुवेदीले १७ साउनमै मुलुकले नयाँ प्रधानमन्त्री पाउने विश्वास व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघ, दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष सुवेदीले यस्तो विश्वास व्यक्त गरेकी हुन् ।
'दर्ुइ पटक प्रधानमन्त्रीको निर्वाचन सफल हुन सकेको छैन, मलाई विश्वास छ, १७ साउनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउनेछ,' उनले थपिन्, 'दलहरूले मुलुकलाई अनिर्ण्र्ााो बन्दी बनाउनेछैन ।'
शान्तिमन्त्री रकम चेम्जोङले विगतमा भएका सहमति पालना नगरकाले माओवादीको नेतृत्वमा सरकार नबन्ने ठोकुवा गरेका छन् ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा शान्तिमन्त्री चेम्जोङले कब्जा गरिएका घरजग्गा फिर्ता, वाईसीएलको विघटन र सेना समायोजनको विषयमा भएका सहमति पालना नगरेकाले नेपाली कांग्रेस र एमालेले माओवादीको नेतृत्वमा सरकार बनाउन सहयोग नगर्ने स्पष्ट पारे ।
सहमति पालना गरे माओवादीको नेतृत्वमा सरकार बनाउन एमाले र कांग्रेसले र्समर्थन गर्ने मन्त्री चेम्जोङले बताए । उनले भने, 'पहिले सहमति पालना गर, त्यसपछि मात्र सरकार निर्माणमा सहयोग हुन्छ ।'
माओवादी संविधान निर्माण र शान्ति प्रक्रियाप्रति जिम्मेवार नभएको मन्त्री चेम्जोङले आरोप लगाए ।
मोरङ, ९ साउन मोरङको शनिश्चरे–४ का अनिल राईलाई अपहरण गरेको आरोपमा एकिकृत माओवादीको युवा संगठन वाईसीएलको कोचिला राज्य समिति सदस्य मुक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
३५ बर्षिय राईलाई तीन दिन अघि अपरिचित ब्याक्तीहरुले केही कुराकानी गर्नु छ भन्दै मोटरसाइकलमा चढाएर बेलबारी उत्तर जंगलमा लगेर दुबैहात बाँधेर कुटपिट गर्नथालेपछि भागेर ज्यान बचाएका थिए । राईले आफूलाई अपहरण गरी हत्याको प्रयास गरेको भन्दै वाईसीएल मुक्ती र सुरेन्द्र चापागाई विरुद्ध इकाला प्रहरी कार्यालयमा किटान जाहेरी दिएका छन् । अपहरणको आरोप लागेको मुक्तीलाई इकाला प्रहरी कार्यालय रंगेलीले पक्राउ गरी शनिवार नै उर्लाबारी इलाका प्रहरीलाई बुझाएको हो । माओवादीले भने राईलाई भएको अपहरणकाण्डमा आफ्नो संलग्न नभएको बताउदै आएको छ ।
सुनचाँदीको दर
| ग्राम | तोला |
|---|