© 2010 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६६ - फागुन - २७ | 11, March 2010
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
राशिफल
शासकीयस्वरुप र राज्यको पुनःसंरचनाबारे पार्टीको स्पष्ट धारणा बनाइ आगाडि बढ्न एमाले केन्द्रीय सदस्यहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।
शासकीयस्वरुप र राज्य पुनःसंरचनाबारे पार्टीले स्पष्ट अडानका साथ अघिबढ्न नसकेकाले संविधानसभामा दुविधा देखिएको भन्दै उनीहरुले यस विषयमा तत्काल आधिकारिक धारणा तय गरी अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टी कार्यालय बल्खुमा जारी केन्द्रीय कमिटीको आइतबार बसेको बैठकमा सदस्यहरुले संविधान निर्माणका सवालमा पार्टी बोलीमा जति व्यवहारमा गम्भीर नभएको भन्दै आलोचनासमेत गरेका थिए ।
बैठकमा सहभागी एक सदस्यका अनुसार आइतबार बोल्ने अधिकांश सदस्यले संविधान निर्माणबारे पार्टीले आफ्नो चुनावी घोषणापत्रमा लेखिएका विषयलाई आधिकारिक मानी त्यसमै अडिग हुनु सुझाव
ईश्वरी सुवेडी
काठमाडौ , फाल्गुन २५
संविधान सभाको कार्यतालिका १० औं पटक संशोधन भएको छ । नयाँ कार्यतालिकाले संविधान जारी गर्ने अन्तिम मिति जेठ १४ लाई हेरफेर नगरेपनि सवै समम सिमा हेरफेर गरेको छ ।
नयाँ लगानीकर्ता नभेटिएसम्म सबैभन्दा ठूलो सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सुरु नहुने निश्चित भएको छ ।एसियाली विकास बैंकले लगानी गर्न आलटाल गरेका कारण निर्माण कार्य सुरु हुन नसकेको सो आयोजनामा पछिल्ल्ाो पटक चिनियाँ कम्पनी चाइना नेसनल मेसिनरी एन्ड इक्युपमेन्ट इम्पोर्ट एन्ड एक्सपोर्ट कार्पोरेसन -सिमेक) ले समेत लगानी गर्न अनिच्छा देखाएको छ । ऊर्जा मन्त्रालयले गत ३१ जनवरीमा आयोजना पर््रवर्द्धक कम्पनी वेस्ट सेती हाइड्रोलाई मार्च २०१० भित्र सेयर होल्डरको टुंगो लगाउन र जुनसम्म वित्तीय व्यवस्थापन गरिसक्न दिएको अल्टिमेटमबाट सिमेक असन्तुष्ट थियो ।
बाँकी अंश »
काठमाडौं/रास- संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला हर्ने उपमहासचिव बी लिन पास्को तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आउने भएका छन् ।
भारत हुँदै नेपाल आउन लागेका पास्कोले नेपालस्थित राष्ट्रसंघीय मिसन -अनमिन) को निरीक्षण गर्नुका साथै राजनीतिक दलका नेता तथा सरकारी पदाधिकारीहरूलाई भेटी शान्ति प्रक्रियाको विद्यमान स्थितिबारे छलफल गर्ने भएका छन् । करिब ४० वर्षअमेरिकी परराष्ट्र सेवामा बिताएका पास्को दोस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।
छुटाछुटै दुर्घटनामा परि बारामा एक महिलाको मृत्यु हुनाका साथै ३ जना घाईते भएका छन् ।
पथलैया- बीरगंज सडकखण्ड अन्र्तगत बाराको छातापिपरा -२ मा आईतवार बिहान ना ३ ख २००६ नम्बरको ट्याक्टरको ठक्करबाट जिल्लाको ककरी- ६ का ४० वर्षिया श्रीपतिदेवी चौधरीको मृत्यु भएको छ ।
घटनामा उनका श्रीमान् रामयोगी चौधरी घाईते भएका छन् । सोही ट्याक्टरको ठक्करबाट पैदल यात्री बारा दहियारका जवाहिर
गुप्ता पनि घाईते भएको प्रहरीले बताएको छ ।
त्यसैगरी गुडिरहेको यात्रु बसको ढोकाबाट खस्दा एक युवक गम्भीर घाईते भएका छन् । बाराको भरतगंज सिगौलबाट निजगढ आई पुगेको ना १ ख ७७६१ नम्बरको बसबाट निजगढ स्थित लच्कामा आईतवार दिउसो खस्दा बारा भरतगंज सिगौल -७ बस्ने वर्ष १६ का दुर्गाबहादुर घावा गम्भीर घाईते भएका हुन् ।
पूर्वि पहाडका विभिन्न भूमिगत समुहको धम्किपछि त्यहाँ कार्यरत गाविस सचिवहरु सदरमुकाम केन्द्रित हुन थालेका छन । किराँत जनवादी वर्कस संयुक्त जातिय क्षेत्रिय मुक्ति मोर्चा तामसालिङ्ग जनवादी राज्य परिषद आदिको धम्किपछि उदयपुरका गाविस सचिवहरु धमाधम सदरमुकाम गाईघाट केन्द्रित हुन थालेका हुन् ।
वर्कस्रले पछिल्लो समयमा आफनो गतिविधि तीव्र बनाउदै सचिवहरुसंग प्रति गाविस ३ लाख रुपैयाँका दरले चन्दा माग गरेपछि विस्थापीत हुनु परेको गाविस सचिव हकहित केन्द्र उदयपुरले जनाएको छ ।
महोत्तरीको हलखोरी गाविसमा प्रहरी र स्थानिय बासिन्दाबीच झडप हुँदा प्रहरी
सहायक निरीक्षकसहित पाँच जना सख्त घाइते भएका छन् ।
घाइते हुनेमा हलखोरी प्रहरी चौकीका इन्चार्ज प्रसनी दीपनारायण राउत र हलखोरीकै नरेश यादवसहित चार जना स्थानीय
बासिन्दा रहेका छन् । उनीहरु सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाइते राउतको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ भने स्थानीय बासिन्दाहरुको उपचार स्वास्थ्य चौकी हलखोरीमा भइरहेको छ । टाउको फुटेको र शरीरभरि चोटपटक लागेका प्रहरी सहायक निरीक्षक राउतको अवस्था गम्भीर छ ।
हलखोरी-८ का जुलाई यादव र नरेश यादवकी श्रीमतिबीच घाँस काट्ने विषयमा भएको झगडामा प्रहरीले जुलाई यादवलाई पक्राउ गरी कुटपिट गरी घाइते बनाएको आरोप स्थानीय बासिन्दाले लगाएका थिए । त्यसको विरोधमा स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरी ढुंगामुढा गर्न थालेपछि दोहोरो झडप सुरु भएको थियो ।
करिब एक घन्टासम्म चलेको झडप नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्याँस र सात राउन्ड हवाई फायर गरेको थियो । घटनाबारे बुझ्न प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक साजयराज शर्माले बताए ।
सुनचाँदीको दर
| ग्राम | तोला |
|---|